Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सिरहाको गोलबजारमा महिलाहरुले पाए थाकलको सामाग्री बनाउने तालिम

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १९, २०७८ मा प्रकाशित

बिनोद मण्डल
सिरहा,पौष १९ गते । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले शिप सिकेका वा तालिम लिएका महिलाहरुले शिपलाई व्यवसायीकरण गर्न चाहे आफ्नोतर्फबाट सवैखालको सहयोग गर्ने जनाएका छन् ।

सिरहाको गोलबजार नपा ११ बलकावामा महिला तथा बालबालिका मन्त्रालयद्वारा सञ्चालित ‘थाकलको हस्तकला निर्माण’ सम्वन्धि एक महिने शिप मुलक तालिमको समापन गर्दै प्रमुख साहले शिपलाई व्यवसायीकरण गर्न सामूहिक रुपमा आए नगर तथा व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले शिप सिकेपनि व्यवहारमा नल्याउने समस्या धेरै रहेको भन्दै थाकलका सामाग्रीको बजार व्यवस्थापनको जिम्मा लिएकाले समस्या नहुने बताए । मेयर साहले भने, ‘तपाईहरुले उत्पादन गरेको सामाग्रि खरिद गर्ने संस्थापनि तयार भएको छ, तपाईहरु मज्जाले बनाउनुस् र आयआर्जन गर्नुस् ।’सोही क्रममा नगर उपप्रमुख रेशम कुमारी थापाले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन तालिमले सहयोग पुग्ने बताए ।

उनले तालिम पाएका महिलाहरुलाई आफ्नो शिप र क्षमताको वृद्धिगर्दै आयआर्जन गर्न अनुरोध गरे । घरधन्दा सकेर निरन्तर रुपले आफ्नो काममा ध्यान दिए आम्दानी बढ्ने र यसले जिवन यापन सहज हुने जनाए ।
कार्यक्रममा मन्त्रालयका प्रतिनिधी, वडा अध्यक्ष, वडाप्रतिनिधी लगाएतको उपस्थिति रहेका थिए ।

मन्त्रालयले देशको सातै प्रदेशको एक–एक ठाउँमा नमुन्ना ग्राम कार्यक्रम विपन्न तथा गरिव दलित महिलाहरुलाई आयआर्जन बढाउने उदेश्यले तालिमको आयोजना गरेको हो । तालिममा यहाँका २० जना महिलाहरु सहभागी रहेका थिए ।

तालिममा महिलाहरुले थाकलको करबाट टोपी, झोला, माना जस्ता सामाग्रि निर्माण गर्न सिकेको जनाए ।शिप सिकेका सहभागीहरुले बनाएको सम्पूर्ण सामाग्री ओम राज श्री मल्टी एग्रो प्रा.लि. ले खरिद गर्ने जिम्मा लिएको अध्यक्ष युवराज गैरेले जनाए । उनले उहाँहरुले बनाएको सामाग्रीको क्वालिटी, साइज अनुसार राम्रो मूल्य दिने बताए ।

ताजा समाचारहरु

IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.