बुटवल । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ५२ पैसा र बिक्री दर ११९ रुपैयाँ १२ पैसा कायम गरेको छ।
युरोपियन यूरो आज एकको खरिद दर १३४ रुपैयाँ ५९ पैसा र बिक्री दर १३५ रुपैयाँ २७ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २५ पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा रहेको छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९७ पैसा र बिक्री दर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा रहेको छ। आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९७ पैसा रहेको छ।
जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ २९ पैसा र बिक्री दर १० रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६५ पैसा र बिक्री दर १८ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ५७ पैसा र बिक्री दर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम छ।























