काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
घटेको मूल्य अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । गत सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यता, तेजाबी सुनको मूल्य पनि आज तोलामा ९०० रुपैयाँले नै घटेर ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।























