Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २९, २०७८ मा प्रकाशित

काठमाडाैं, पौष २९ । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकले घरदैलोमै पाउँदै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आदेश कार्यान्वयन गर्न–गराउन बुधबार विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सार्वजनिक सरोकारको विषय भन्दै डुडुवाका ज्येष्ठ नागरिकहरूको तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र अधिवक्ता सुरेशकुमार पौडेलले बहस गरेका थिए । अदालतको आदेशअनुसार बैंक नभएका अन्य स्थानीय तहले पनि सेवाग्राहीको घरदैलोमा पुगेर भत्ता उपलब्ध गराउन सक्ने नजिर स्थापित भएको अधिवक्ता पौडेलले बताए ।

डुडुवा गाउँपालिकाका स्थानीय ज्येष्ठ नागरिकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पञ्जीकरण विभाग तथा कोष लेखा नियन्त्रण कार्यालय नेपालगन्ज लगायतलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेका थिए ।

बैंकमार्फत वितरण गर्नुपर्ने भन्दै कोष लेखा नियन्त्रण कार्यालय बाँकेले डुडुवा गाउँपालिकाका ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रोकेको थियो । तर, सर्वोच्चले सामाजिक भत्ता नरोक्न आदेश दिएपछि ज्येष्ठ नागरिक फेरि खुसी भएका छन् । अदालतले ज्येष्ठ नागरिकहरूलाई व्यावहारिक रूपमा सहज र सरल तरिकाले ज्येष्ठ नागरिक भत्ता वितरण गर्न विपक्षीलाई आदेश दिएको छ ।

यस्तै, अशक्त, हिँडडुल गर्न नसक्ने बिरामी तथा गाउँ–गाउँमा बैंक नखुलेको र बैंकिङ प्रणालीमा तत्काल आबद्ध हुन नसकेका कारण सरकारबाट ज्येष्ठ नागरिकलाई दिइएको वृद्ध भत्ताको रकम समयमा निकासा नहुँदा वृद्धहरू सरकारले दिएको सुविधाबाट वञ्चित भएको अदालतले ठहर गरेको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved