Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रेल्वे कम्पनीमा महाप्रबन्धक झाले आफुखुशी गुपचुपमा ६० कर्मचारी भर्ना, हटाइएका डेढ सय आन्दोलित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २९, २०७८ मा प्रकाशित

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जनकपुर-जयनगर रेल संचालनका लागि भन्दै गुपचुप आफुखुशी कर्मचारी नियुक्त गरेका छन् ।

कर्मचारी भर्नाको सूचनाबेगर नै झाले स्टेशन मास्टर, टीटी, क्यासियर, गार्डसहित ६० कर्मचारी नियुक्त गरेका हुन् । नयाँ कर्मचारीलाई जनकपुरको मत्स्य तालिम केन्द्र जनकपुरमा बुधबारबाट तालिम सुरू गरिएको छ । स्रोतका अनुसार तालिम १५ दिनसम्म चल्नेछ । शेरबहादुर देउवा सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई हटाएर रेल्वे महाप्रबन्धकमा झालाई नियुक्त गरेको थियो ।

माधव नेपालनिकट युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका उनी नेकपा एकीकृत समाजवादीको कोटाबाट भदौ पहिलो साता नियुक्त भएका थिए । झा नियुक्त भएलगत्तै १५१ ज्यालादारी कर्मचारीलाई हटाएका थिए ।

रेल संचालनको मिति टुंगो नलाग्दै कर्मचारी राखेको भन्दै झाले पूर्वमहाप्रबन्धक भट्टराईले नियुक्त गरेका कर्मचारी हटाएका थिए । तर, उनी स्वयं अहिले ६० कर्मचारी भर्ना गरेर सम्पर्कविहीन बनेका छन् । महाप्रबन्धक झाले कानूनी प्रक्रिया पूरा नगरी कर्मचारी नियुक्त गरेको भन्दै हटाइएका कर्मचारीले आन्दोलनको तयारी गरेका छन् ।

विगतमा आफूले हटाएका कर्मचारीको डरले झा सम्पर्कविहीन भएको बताइएको छ । तीन दिनदेखि उनको मोवाइल स्वीचअफ छ । हटाइएका ज्यालादारी कर्मचारी धनुषाका इन्द्रजीत गोइत अहिले झाले कुन प्रक्रियाबाट सुटुक्क कर्मचारी नियुक्त गरेको ?आफूहरूलाई जवाफ दिनुपर्ने बताउँछन् ।

‘हामीलाई करिब दुई महिना रेल्वे कम्पनीले तालिम दिएको छ । तर, झा सर आएपछि एउटा सूचना टाँसेर हामीलाई हटाउनुभयो । अहिले कुन प्रक्रिया पूरा गरी कर्मचारी नियुक्त गर्नुभयो ? त्यसको जवाफ त दिनुपर्‍यो नी’,उनले भने । ‘महाप्रबन्धक झाले रेल चल्ने टुंगो नलाग्दा कर्मचारी नियुक्त गरिएकाले हटाएको भनेर त्यतिबेला भन्नुभएको थियो’, गोइतले भने, ‘अहिले टुंगो लाग्यो भने हामीलाई नै राख्दा भइगो नी । हामीलाई तालिम दिँदा ठूलो खर्च भएको छ ।’

उनले महाप्रबन्धक झाले आसपासे र कार्यकर्तालाई भर्ना गरेको सुनेपछि अब संघर्ष गर्न लागेको जानकारी दिएका छन् । गोइतले भने, ‘नयाँ कर्मचारी सूचना र प्रक्रियाबिना कसरी नियुक्त भयो भनेर कार्यालयमा पटक-पटक भेट्न गयौं । तर, उहाँ भेट्नु भएन । फोन गर्दा तीन दिनदेखि अफ छ ।’ २९ भदौ ७७ मा पहिलोपटक रेल्वे कम्पनीले विभिन्न पदमा १२९ कर्मचारी मागेको थियो । ३२ हजार ६८६ जनाले दरखास्त बुझाए । दरखास्तवापत कम्पनीले १ करोड ३६ लाख उठायो ।

दरखास्त संकलनपछि लोकसेवा आयोगले विज्ञापन नै रद्द गर्न लगायो । नेपालको संविधान २०७२ को धारा २४३ मा ‘संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने व्यवस्था छ । सोबमोजिम भर्ना प्रक्रिया स्थगित भएपछि उम्मेदवारबाट उठेको रकम अझै फिर्ता भएको छैन । दरखास्तवापतको रकम फिर्ता हुनुपर्ने माग गर्दै उनीहरूले पटक-पटक जनकपुरमा आन्दोलन गरिसकेका छन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved