Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दुधकोशी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा आयो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २, २०७८ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बिचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।

४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकका लागि सुविधा भएको स्थानीयहरूको भनाइ छ । सोलुखुम्बु जिल्लाबाट प्रदेश सांसद रहेका बद्रीकुमार राजभण्डारीले पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी आएको बताए ।

सांसद भण्डारीले मोटरेबल पुल बनेपछि खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्यासको मूल्य २ हजार ३ सयबाट घटेर १ हजार ९ सयमा आएको बताए । उनले एक क्यारेट अण्डाको मूल्य ७ सय पर्ने ठाउँमा ३ सयमा पाउने अवस्था आएको बताए ।

मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तुदेखि लिएर लत्ताकपडासमेत सस्तो भएको भन्दै हवाइ उडान प्रभावित भएर लुक्ला विमान स्थलमा भीड गरेर बस्नुपर्ने पर्यटकको बाध्यताको अन्त्य भएको उनको भनाइ छ । उनले कोरोना महामारीको कारण घटेको पर्यटकको आगम पुल निर्माण भएसँगै वृद्धि भएको बताए ।

खुम्बु गाउँपालिकाका स्थानीयहरू पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन् । खुम्बुका स्थानीय गौरव राईले पुल निर्माणले खुम्बुवासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकका लागि पनि सुविधा भएको बताए । उनले सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले आवतजावतका लागि हवाइ उडानमार्फत गर्नुपर्ने अवस्था रहेको बताए ।

तर पुल निर्माणले महत्वपूर्ण योगदान गरेको बताए । खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयवसीहरूको भनाइ छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved