Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छ : स्वास्थ्यमन्त्री

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ३, २०७८ मा प्रकाशित

काठमाडौ । स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।’

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो । अर्को प्रशंगमा मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको बताए । उनले वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको र सरकारले पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको जानकारी दिए ।

शुक्रबार नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको उनको भनाइ छ । टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने भनाइ थियो । मन्त्री खतिवडाले कोरोनाको महामारीको एक मात्र विकल्प खोप भएकाले खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई आग्रह गरेका छन् । सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै मन्त्री खतिवडाले सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विषेश डेस्क सञ्चालन गरि नियमित खोप सञ्चालन गरिएको बताए।

आगामी चैत महिनाभित्र १८ वर्ष माथिका लक्षित समुहका नागरिकलाई पूर्ण मात्राको खोप लगाइसक्ने सरकारको योजना रहेको भन्दै मन्त्री खतिवडाले भने,‘सरकारको लक्ष्य अनुपातमा नागरिकको सहभागिता न्यून देखिएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै प्रदेशमा एकसाथ खोप कार्यक्रमलाई अभियानको शुरु गरेको छ।’ सरकारको यो अभियानमा नागरिक तहबाट सहयोगको अपेक्षा सरकारले राखेको उनले बताए ।

मन्त्री खतिवडाले १८ बर्ष माथिका लक्षित समुहका ६० प्रतिशतले मात्र पुर्ण डोजको खोप लगाएको र ८० प्रतिशतले पहिलो डोज लगाएको बताए । माघ २ गतेबाट साढे ९ लाख फ्रन्टलाइनरमा खटिएका नागरिकलाई बुष्टर डोज दिने कार्य भने शुरु गरिएको उनले बताए ।

मन्त्री खतिवडाले कोभिड विरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको प्रष्ट पारे । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले बताए । बालबालिकालाई खोप लगाउने सिरिन्ज अन्तराष्ट्रिय बजारमा समेत अभाव भएकाले त्यसको आवश्यक जोहोमा सरकार जुटेको उनको भनाइ छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved