काठमाडौं, माघ ४ । पछिल्लो २४ घण्टामा देशभर १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २२ हजार ८२८ जनाको नमुना परीक्षण गरिएकोमा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना संक्रमणमुक्त हुँदा ११ हजार ६२४ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् ।
















