काठमाडौँ, माघ ५ । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
कलेजले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन् र केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।

बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । तर, अहिलेसम्म परीक्षा सुरु भएको छैन ।
















