Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन ५४ करोडमा बन्यो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ५, २०७८ मा प्रकाशित

बुटवल, ०५ माघ । बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गरेको छ । करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको छ । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँमा २०७८ असारमा सक्ने गरी ६ असार २०७७ मा ठेक्का सम्झौता गरेका थिए ।

तर कोभिडका कारण निर्माण कार्य केही समय ढिलो गरी सम्पन्न भएको हो । भवनमा अन्डरग्राउन्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मूलगेटलाई जितगढी किल्लाको झल्को दिने गरी निर्माण गरिएको छ ।

पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएको र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा नयाँ आधुनिक भवनको निर्माण गरेको बताए । उनले महानगरीय अवधारणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको उनले दाबी गरे । नयाँ भवनको एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार भर्चुअल्ली उद्घाटन गरे । उनले विकासका आयोजनामा राजनीति हुन थालेको भन्दै सत्ता गठबन्धनलाई त्यसो नगर्न चेतावनी दिए ।

विकास आयोजना रोक्दा कसैलाई फाइदा नगर्ने भएकाले विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठ्न उनले आग्रह गरे । “विकास आयोजना अगाडि बढे त्यसले सबैलाई फाईदा हुन्छ, यस्ता विषयमा राजनीति नगर्न र जनताको हितलाई सर्वोपरी ठान्न म आग्रह गर्दछु”, उनले भने । रुपन्देहीले अहिले राष्ट्रिय गौरवको आयोजना तिनाउ दानव कोरिडोरको काम अगाडि बढाउने क्रममा आन्दोलन भइरहेको भन्दै आन्दोलन राजनीतिक स्वार्थबाट प्रेरित रहेको पौडेलले बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद लीला गिरीले बुटवल आर्थिक विकासको केन्द्र बनेको र पछिल्लो समय बुटवल उपमहानगरका नमुना योजनाले पहिचान थपिएको बताए । उनले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देहीलाई आर्थिक विकासको केन्द्रका रूपमा अगाडि बढाउनुपर्ने बताए । अहिलेको सरकारले यसअघिको सरकारले सञ्चालन गरेका विशेष योजनाको बजेट काट्ने, योजनाबाटै हटाउनेजस्तो गलत राजनीतिक संस्कारको अभ्यास गरेको उनको आरोप लगाए ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved