Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हिमानी शाहबाट हिमानी ट्रष्ट अमेरिकाको उद्घाटन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ६, २०७८ मा प्रकाशित

काठमाडाैं । पूर्व युवराज्ञी हिमानी शाहद्वारा स्थापित हिमानी ट्रष्टले २०७८ माघ ६ गतेबाट विधिवत रुपमा अमेरिकामा पनि आफ्नो गतिविधि शुरु गरेको खबर छ । पूर्व युवराज्ञी हिमानी शाह स्वयं उपस्थित भएर भर्जिनियामा माघ ६ गते हिमानी ट्रष्ट अमेरिकाको उद्घाटन गरिएकाे छ । हिमानी ट्रष्टले सन् २०१० देखि निरन्तर रूपमा नेपालमा शिक्षा र स्वास्थ्यको पहुँच, गरीवी निवारण, वातावरण र महाभूकम्प, काेराेना महामारी, जस्ताे अवस्थामा आपतकालीन सहयोगको क्षेत्रमा गरी देशका ५३ वटा जिल्लामा काम गरिरहेको जानकारी पनि गराइएकाे खबर छ ।

अमेरिकामै बसाेबास गरिरहेका पत्रकार गुणराज लुइटेलका अनुसार, अमेरिकामा हिमानी ट्रष्ट स्थापना कार्यक्रममा भर्जिनिया राज्यबाट निर्वाचित अमेरिकी सिनेटर, कंग्रेसम्यान, स्टेट डेलिगेट्स, लाउनडन काउन्टीकी सुपरभाइजर सहित अमेरिकी पाहुनाहरुले पनि हिमानीलाई मित्रवत प्रशंसा पत्र सहित शुभकामना ब्यक्त गरेका थिए । हिमानी शाहबाट उपस्थित सवैसंग भेटघाट र कुराकानी गरिएको थियो । उद्घाटन कार्यक्रममा हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्माले आफूहरुले अमेरिकामा स्रोत संकलन गरी हिमानी ट्रष्टका अभियानमा सहकार्य र सहयोग गर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा भर्जिनिया र केही स्टेटबाट आएका हिमानी ट्रष्टका पदाधिकारीहरुकाे विशेष सहभागिता थियाे भने भर्जिनिया क्षेत्रका संघ/संस्था र सामाजिक ब्यक्ति, ब्यक्तित्वहरु भने कमै देखिन्थे । एकातिर कतिपय मानिसमा हिमानी ट्रष्ट राजनीतिक संस्था हो कि भन्ने आशंका गरिएकाे र आयोजकहरु मध्ये कतिपयले नेपालमा अझै पनि राजसंस्था कायमै भएको झैं गरेर पूर्व युवराज्ञीलाई राजतन्त्रकालमै झै पुरै औपचारिक विशेषण लगाएर सम्वोधन गरी बदलिएको परिवेशलाई नजरअन्दाज गर्दा ट्रष्ट र हिमानी शाहको सामाजिक अभियानलाई कतै थप बल नपुग्ने हो कि भन्ने आशंका पनि कतिले गरेको देखिन्छ।

पूर्व युवराज्ञी हिमानी शाह भने कार्यक्रमको दौरान जन साधारण कै शैलीमा प्रस्तुत हुँदै अंग्रेजी भाषाको संबोधनमा शाहले संस्थाको अभियानमा सहयोग गर्न स्वदेशी र विदेशीहरुलाई आह्वान गरिएकाे थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved