Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रहरीको तल्लो दर्जाका २० हजार सुरक्षाकर्मीको बढुवा प्रक्रिया सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ६, २०७८ मा प्रकाशित

काठमाडौ, ०६ माघ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली संसोधन गरेसँगै नेपाल प्रहरीका इन्स्पेक्टर भन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मी बढुवा हुने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सहायक हवल्दार, बरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताए ।

‘प्रहरी नियमावलीको नवौं संसोधन सँगै बढुवा पक्रियामा गएको छ’ प्रहरी प्रवक्ता केसीले भने–‘तीन महिनामा संसोधित नियमावली अनुसारको पदमा बढुवा गरिसक्छौँ ।’ प्रहरीमा अहिले ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् । उनीहरुमध्ये ३३ प्रतिशत अर्थात १५ हजार ५२७ जना सहायक हवल्दारमा बढुवा हुँदैछन् ।

हवल्दार पदमा कार्यरत २५ प्रतिशतलाई बरिष्ठ हवल्दारमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयका तयारी छ । अहिले १४ हजार ९८९ जना हवल्दार छन् । उनीहरु मध्येबाट ३ हजार ७४७ जना बरिष्ठ हवल्दारमा बढुवा हुन्छन् । त्यस्तै, प्रहरी नायव निरिक्षक (सई)बाट बरिष्ठ सई हुनका लागी १ हजार ३ सय २० जना प्रतिस्पर्धामा छन् ।

प्रहरीमा अहिले ४ हजार २९६ जना सई कार्यरत छन् । उनीहरु मध्येबाट ३३ प्रतिशत अर्थात १ हजार ३ सय २० जना वरिष्ठमा बढुवा हुन्छन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved