Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भारतले दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्ने भन्दै, प्रधानमन्त्रीको ध्यानाकर्षण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ६, २०७८ मा प्रकाशित

सुकदेव गुप्ता

नवलपरासी ०६ माघ । भारत सरकारले अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमा क्षेत्रमा बाँध जस्तै सडक निर्माण गर्दा हजारौँ नेपाली भुभाग डुबानमा पर्ने भन्दै नेकपा एमाले पश्चिम नवलपरासीले त्यस प्रकारका संंरचना निर्माणमा रोक लगाउन माग गरेको छ ।

एमाले पश्चिम नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीको नेतृत्वमा जिल्लाका पदाधिकारीसहितको टोलीले पश्चिम नवलपरासीस्थित भारतीय सीमामा भारत सरकारले बनाईरहेको निर्माणाधिन उक्त सडक क्षेत्रको आज स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण गराएको हो ।

पार्टीका जिल्ला अध्यक्ष अधिकारी, जिल्ला सचिव एवं बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल, उपसचिव द्धय राजन कुमार आचार्य र रिंगला यादव, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, जिल्ला सदस्य धनपद यादव, पार्टीका सुस्ता गाउँपालिका अध्यक्ष ज्ञानप्रसाद पाठक(सन्तोष)सहितको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।

दशगजाबाट नजिकै बाँध जस्तै सडक बनाउँदा नेपालबाट दक्षिणतर्फ बग्ने पानीको निकास नहुने गरी बनाईएकोले यस क्षेत्रको हजारौँ विघा जमिन डुबानमा पर्ने एमाले अध्यक्ष अधिकारीले बताउनुभयो । कतै दश मिटर त कतै पचीस मिटरको मात्र दुरीमा सडक बनाईएको र पानीको निकास नराखिएकोले नेपाली बस्ती, नेपाली कृषकले लगाएको खेतीपाती नष्ट हुनुका साथै डुबानका कारण पलायन हुनुपर्ने अवस्था देखिएकोले सरकारले समयमै यस कार्य रोक्न पहल गर्नुपर्ने एमाले सचिव बस्यालले बताउनुभयो ।

सरकारले तत्काल कुटनीतिक पहल गरी दशगजा सीमा क्षेत्रमा एकतर्फी रुपमा भारतले निर्माण गरिरहेका संरचना हटाउन पहल नगरे आन्दोलन गर्न बाध्य हुने एमाले नवलपरासीले जनाएको छ । यस विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराईएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । पटकपटक यस विषयमा सरकारको ध्यानाकर्षण गराएपनि सरकारले सुनुवाई नगरेको स्थानीयवासीले जनाएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved