Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दोलखा जिल्लामा १४ वटा सिँचाइ आयोजना निर्माण हुँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ७, २०७८ मा प्रकाशित

दोलखा, ०७ माघ । दोलखाको पहाडी जिल्लामा खेतीयोग्य जमिन सिञ्चित गर्न चालू आर्थिक वर्षभित्रै १४ वटा सिँचाइ आयोजना निर्माण सुरु हुने भएका छन् ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लाभर साना तथा मझौला गरी १४ वटा सिँचाइ आयोजना निर्माण सुरु गर्न लागेको हो । कार्यालयका प्रमुख डिभिजन इन्जिनियर मनीष महर्जनले छनोटमा परेका योजनाहरूको गुरुयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिए ।

निर्माण सुरु हुन लागेका अधिकांश योजनाहरू बहुवर्षीय ठेक्का प्रणालीअनुसार अघि बढाइने उनले बताए । आगामी आर्थिक वर्षको अन्तिमसम्म सबै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी कार्यालयले काम थालेको छ ।

निर्माण सुरु हुन लागेका योजनाहरूमा घ्याङखोला सिँचाइ योजना मेलुङ, उपल्लो डिही टहले कात्तिके सिँचाइ योजना भीमेश्वर, मसाने खोला सिँचाइ बिगु, महादेव खोला सिँचाइ जिरी, ओख्रे खोला सिँचाइ सैलुङ, तामाकोसी किर्ने लिफ्ट सिँचाइ योजनालगायत छन् । १४ वटै सिँचाइ आयोजनाको निर्माण सुरु गर्न कार्यालयलाई झन्डै चार करोड बजेटको अख्तियारी प्राप्त भएको कार्यालयले जनाएको छ ।

डिभिजन प्रमुख महर्जनले पर्याप्त कर्मचारीको पदपूर्ति नहुँदा तोकिएकै समयमा योजनाहरूको निर्माण कार्य थालनी गर्न असहज भएको सुनाउँदै केही समयभित्रै सुरु हुने जनाएका छन् ।

कार्यालयले यसअघि निर्माण सुरु गरेका ६ वटा सिँचाइ आयोजनाको निर्माण सम्पन्न गरेको छ । सम्पन्न भएका आयोजनाहरूमा गलगले सिँचाइ आयोजना बोच, होसिंगा सिँचाइ आयोजना जिरी, फेदी कुडार सिँचाइ आयोजना जिरी, च्यासे छहरा सिँचाइ योजना भीमेश्वर, ज्याग्वे खोला सिँचाइ योजना बिगु र अँधेरी खोला झोरघट्टा सिँचाइ सैलुङ रहेको कार्यालयका अर्का इन्जिनियर नेत्र पौडेलले जानकारी दिए ।

उनका अनुसार गुमु खोला तोरीखेत सिँचाइ आयोजना कालिञ्चोक, फड्के खोला पौवा सिँचाइ आयोजना मेलुङ, धुम्बा लाटिखेत सिँचाइ बैतेश्वर र चोक्टे रुप्थाङ खोला सिँचाइ योजना बिगु भने यही आर्थिक वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेका छन् ।

विगत दुई वर्षदेखि लगातार लापिलाङमा आएको विशाल पहिरोले गुमु खोला तोरीखेत सिँचाइ आयोजनाको मुहान पुरिएको कार्यालयले जनाएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ र ७ का किसानहरूको खेतीयोग्य जमिन सिञ्चित गर्ने उद्देश्यले निर्माण सुरु भएको उक्त आयोजनाको मुहान पहिरोले पुरेपछि सरोकारवाला र स्थानीय कृषकहरू चिन्तित बनेका छन् ।

योजना निर्माणको काम अन्तिम चरणमा पुग्दा पहिरोले मुहान नै पुरिदिएपछि मुहानको विकल्प खोजी भइरहेको डिभिजन प्रमुख महर्जनले जानकारी दिए । उनका अनुसार पहिरोले पुरिएको क्षेत्रभन्दा तल वा माथि मुहान छनोट गर्न प्राविधिक र स्थानीयहरू लागिरहेका छन् । उनले भने, ‘उपयुक्त ठाउँ छनोट गरी अस्थायी प्रकृतिको मुहान बनाएर भए पनि आयोजना सञ्चालनमा ल्याइनेछ ।’

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved