Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल प्रहरीमा ६ एसएसपीकाे पद रिक्त, को-को छन् बढुवाको दौडमा ?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ९, २०७८ मा प्रकाशित

काठमाडौ । प्रहरीमा ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया लम्बिएको छ । १२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताका कारण बढुवा प्रक्रिया लम्बिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी विष्णकुमार केसीका अनुसार १२ माघसम्म आचारसंहिता लागू भएकाले सरुवा बढुवा प्रक्रिया रोकिएको छ । राष्ट्रियसभाको निर्वाचनलगत्तै बढुवा प्रक्रिया सुरु गरिने उनले बताए ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले एसएसपीको बढुवा गर्नेछ । एसएसपीको उमेरहदका कारण नरबहादुर केसी, विक्रमबहादुर चन्द, हरिराज वाग्ले र सुदीपराज भण्डारीले अनिवार्य अवकाश पाएका थिए ।

त्यस्तै एसएसपी सुशीलकुमार यादवको निधन र पूजा सिंह प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि ६ जना एसएसपीको पद रिक्त छ । प्रहरी प्रशासनतर्फ कुल ५४ एसएसपीको दरबन्दी कायम गरिएको छ । ६ एसएसपीका लागि २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित दर्जन प्रहरी अधिकारी दौडमा छन् । विष्टबाहेक उनका व्याचका अर्का एसपी गणेश चन्द पनि एसएसपी बढुवाका बलिया प्रतिस्पर्धी हुन् ।

उनीहरू दुई जनाबाहेक अन्य सबै एसपी यसअघि नै एसएसपी बढुवा भइसकेका छन् । उनीहरू पछिका एसपीहरू ईश्वर कार्की, दानबहादुर कार्की, उमा चर्तुवेदी, राजन अधिकारी, बामदेव गौतम, सिद्धिविक्रम शाह, हिमालयन श्रेष्ठसमेत एसएसपीको दौडमा छन् ।

विष्ट कञ्चनपुर प्रहरी प्रमुख हुँदा निर्मला पन्तको बलात्कार तथा हत्याको प्रकरणमा बर्खास्तमा परेपछि उनी आफ्नो ब्याचको बढुवाको सूचीमा परेका हुन् । २० पुस २०७७ मा अदालतले निर्दोष रहेको फैसला सुनाएपछि विष्ट पुनर्बहाली भएका थिए ।

जिल्ला अदालत कञ्चनपुरले २३ साउन २०७७ मा विष्टको पक्षमा फैसला गर्दै निर्मला पन्तको हत्याको घटनामा एसपी विष्टलाई अनाहकमा गृह मन्त्रालयले बर्खास्त गरेर उनको वृत्तिविकासमा गम्भीर क्षति पुर्‍याएको ठहर गरेको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved