Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार, बुद्ध जयन्तीको दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १४, २०७८ मा प्रकाशित

भैरहवा, माघ १४ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ। पेटी ठेकेदारसँगको विवाद, भूकम्प, मधेस आन्दोलन र निर्माणसामग्रीे अभावका बाबजुत निर्माण सकिएको हो।

‘फिनिसिङका छिटफुट काम भइरहेका छन्’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘केही समयमै उडान सुचारु हुने अपेक्षा छ।’ जडान गरिएका उपकरणको प्राविधिक जाँच भइरहेको उनले बताए। २०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथ काम भइरहेको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल सञ्चालनअघि सञ्चार उपकरण परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। जसबाट जडान गरिएका उपकरणहरू ठिक भए, नभएको बारे रिपोर्ट आउँछ।

क्यालिब्रेसन उडानको अन्तिम तयारी भइरहेको आयोजना प्रमुख अधिकारीले बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा मान्यता प्राप्त गराउन क्यालिब्रेसन उडान पहिलो पाइला हो। जसको तयारी गरिरहेका छौं,’ उनले भने।

विमानस्थल सञ्चालनका लागि सय दिने योजना बनाएर ‘मिसन भैरहवा’ अभियान नै चलाइएको छ। माघ १२ देखि सुरु अभियानअन्तर्गत फागुन १० मा क्यालिब्रेसन उडान गर्ने गृहकार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त डीजी प्रेमनाथ ठाकुरले बताए। बुद्ध जयन्ती शुभ दिन भएकाले सोही दिन उडान सुचारु गर्ने योजना बनाइएको उनको भनाइ छ।

क्यालिब्रेसन उडान योजनाअन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान सुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुनेछ।

यसैगरी विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमनलगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड ह्यान्डेलिङ, फुड क्याटिरिङ, कार्गो एजेन्सीलगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, क्यानलगायतबाट मानव संंसाधनको परिचालन गर्ने बताइएको छ। आईसीबी टु ठेक्का पाएको एरो थाई कम्पनीको टोली विमानस्थलमा आइपुगेका छन्। जडान गरिएका सञ्चार उपकरणको प्राविधिक जाँच गरिरहेको आईसीबी टु योजना प्रमुख प्रदीप न्यौपानेले बताए।

‘भैरहवा विमानस्थलमा क्यालिब्रेसन उडानका लागि अन्तिम चरणमा पुगेका छौं’ उनले भने, ‘फेब्रुअरी (फागुन) महिनाभित्र उडान सुरु गर्छौं।’ सञ्चार उपकरण ठिक रहेको अवस्था रहेमा क्यालिब्रेसन उडान सुरु गर्ने प्राधिकरणका निमित्त डीजी ठाकुरले बताए।

‘विमानस्थलमा महिनौंअघि जडान गरिएका सञ्चार उपकरण छन्। केही बिग्रिएको पनि हुन सक्छन्,’ ठाकुरले भने, ‘अहिले त्यसैको परीक्षण (ग्राउन्ड टेस्ट) भइरहेको छ।’

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved