Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दशगजा नजिकै भारतले सडक निर्माण गरेको भन्दै रााष्ट्रिय युवा संघ सुस्ताद्वाारा शान्तिपूर्ण विरोध प्रदर्शन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १४, २०७८ मा प्रकाशित

रामु भुसाल
भारतले नेपाल भारत सिमाको दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने भन्दै रााष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउ कमिटिले बिहिबार सो क्षेत्रमा शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको छ ।

भारतिय पक्षले एक तर्फि रुपमा सडक निर्माण गर्दा सुस्ता गाउपालिकाको वार्ड नं ४ र ५ मा डुबानको खतरा बढेको र निर्माण कार्य तत्काल रोक्नुपर्ने भन्दै राष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउ कमिटिका अध्यक्ष कमल अमात्यको नेतृत्वमा कमिटिका पदाधिकारी स्थानियबासी लगायतले कालो झण्डा सहित बिरोध जनाएका हुन् ।

भारत सरकारले अन्र्तराष्ट्रिय कानून विपरित नेपाल भारत सीमा क्षेत्रमा बाँध जस्तै सडक निर्माण गर्दा नेपाली भुभाग डुबानमा पर्ने भन्दै त्यस प्रकारका संंरचना निर्माणमा रोक लगाउन माग गरेका छन् । बिरोध पश्चात कोणसभालाई सम्बोधन गर्दै सांकेतिक रुपमा बिरोध र्‍याली गरिएको र सुनुवाई नभएमा थप विरोधका कार्यक्रमहरु संचालन गरिने कमिटिका उपाध्यक्ष सुवर्ण न्यौपानेले बताउनुभयो ।

यस अघि पनि नेकपा एमाले पश्चिम नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीको नेतृत्वमा जिल्लाका पदाधिकारीसहितको टोलीले पश्चिम नवलपरासीस्थित भारतीय सीमामा भारत सरकारले बनाईरहेको निर्माणाधिन उक्त सडक क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेपालबाट दक्षिणतर्फ बग्ने पानीको निकास नहुने गरी दशगजाबाट नजिकै बाँध जस्तै सडक बनाईएकोले यस क्षेत्रको हजारौँ विघा जमिन डुबानमा पर्न सक्छ । कतै दश मिटर त कतै पचीस मिटरको मात्र दुरीमा सडक बनाईएको र पानीको निकास नराखिएकोले नेपाली बस्ती, नेपाली कृषकले लगाएको खेतीपाती नष्ट हुनुका साथै डुबानका कारण पलायन हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

पटकपटक यस विषयमा सरकारको ध्यानाकर्षण गराएपनि सरकारले सुनुवाई नगरेको हुदाँ आन्दोलन गर्न बाध्य भएको कमिटिका अध्यक्ष अमात्यले जानकारी दिनुभयो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved