Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १४, २०७८ मा प्रकाशित

कावासोती । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरु हुन केही समय लाग्ने भएको छ। नेपाली सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो।

राष्ट्रिय चासोको सडक भए पनि स्तरोन्नति र कालोपत्रको काममा ढिलाइ भएको हो। मालढुङ्गादेखि बलेवासम्मको खण्ड सेनाले दुई वर्षअघि हस्तान्तरण गरेको भए पनि कालोपत्रका लागि ठेक्का लगाउन दोहोरो योजनाको झन्झट छ। गत आर्थिक वर्षमा सडक विभागले सडक डिभिजन कार्यालय बागलुङमार्फत रु पाँच करोडमा स्तरोन्नतीको ठेक्का लगाएपछि करिडोर आयोजनाले उक्त १० किलोमिटर खण्डमा कालोपत्रको प्रक्रिया अघि बढाएको छैन।

डिभिजन कार्यालयका अनुसार आउँदो चैत मसान्तसम्म स्तरोन्नतिका लागि जिम्मेवारी पाएको निर्माण कम्पनीको म्याद छ। समयमै काम सकिए अर्को आर्थिक वर्षमा मात्रै करिडोर आयोजनाले कालोपत्रका लागि बोलपत्र आह्वान गर्न पाउनेछ। भौतिक प्रगति ६७ प्रतिशत रहेको स्तरोन्नतीको काम समयमा सकिनेमा डिभिजन विश्वस्त छ।

बलेवा विमानस्थल र दक्षिण बागलुङका लागि बाह्रैमास चल्नसक्ने मुख्य सडकका रुपमा रहेको यो खण्ड कालोपत्रका लागि राजनीतिक दल तथा जनप्रतिनिधिले दबाब दिएका छन्। विमानस्थल कालोपत्र भइरहेकाले यो खण्ड कालोपत्र हुँदा विमानस्थल सञ्चालनमा सहज हुने स्थानीयवासीको आश छ।

गत असार १ गते बागलुङ नगरपालिका–१०, भकुण्डेको एक्लेसालमा आएको पहिराले क्षति पुर्याएको करिडोर मर्मत गरेर चलिरहेको छ। समयमा यो खण्डको मर्मत नभए आउँदो वर्षा पुनः पहिराको चपेटामा पर्ने स्थानीय विकास शर्मा बताउँछन्। बलेवादेखि जैमिनी नगरपालिका–८, छिस्तीको पालुङ्खोलासम्मको सडक आयोजनाले लिएको ६ महिना पूरा भएको छ। बहुवर्षे योजना स्वीकृतका लागि योजना आयोगमा पठाएको फाइल हेर्न आयोगले समय लगाएपछि काम अघि नबढेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सरोज ढकालले बताए।

‘सेनाले हस्तान्तरण गरेपछि आयोजनाको डीपीआर बनाउने काम भएको छ, कतै दोहोरो योजना हुने भएकाले काम रोकिएको छ, कुनै खण्डको बहुवर्षे स्वीकृत प्राप्त भएको छैन,’ ढकालले भने, ‘वातावरणीय परीक्षणको काम चलिरहेकाले अब छिट्टै स्वीकृत हुने पर्खाइमा छौँ।’

करिडोरको ३८ किलोमिटर खण्ड बागलुङमा पर्छ। यो सडक कालोपत्र हुँदा जिल्लाको दक्षिणमा सडक सञ्जाल सहज हुनेछ । योजना आयोगले स्वीकृति दिएपछि अर्थमन्त्रालयले करिडोरको फाइल हेर्नेछ।

‘हामीले स्वीकृति पाएर अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति पाउनेबित्तिकै बोलपत्रको काम अघि बढ्छ,’ आयोजना पाल्पा कार्यालयका प्रमुख कल्पना अधिकारीले भनिन्, ‘राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको अभाव हुँदैन।’ अर्को वर्ष खर्च गर्ने गरी पर्याप्त बजेट रहेको उनले बताइन्।

पहिलो चरणमा ट्र्याक खोलेको सेनाले दोस्रो चरणमा स्तरोन्नति गरेर १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो। समयमै काम सकेर हस्तान्तरण गरेको सेनाले वर्षाको समयमा बाढीपहिराका कारण क्षति भएको सडकसमेत मर्मत गरेको छ।

‘हामीले असारमा बुझाएका हौँ, औपचारिक रुपमा असारदेखि कोरिडोर छोडे पनि सडक चल्न सक्ने बनाएर हिउँद लागेपछि हाम्रो क्याम्प त्यहाँबाट उठ्यो,’ सेनाको निर्माण कार्यदलका सह–सेनानी शालिक नेपालले भने, ‘हामीले हिउँदभरि निर्बाध चल्ने बनाएर करिडोर छोडेका छौँ।’

करिडोरको तत्काल स्तरोन्नति र कालोपत्रका लागि बागलुङका राजनीतिक दलले ध्यानाकर्षण गराउँदै आएका छन्। रासस

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved