Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १५, २०७८ मा प्रकाशित

काठमाडौँ, माघ १५ गते । विश्वमै दुर्लभ मानिएको पाटे बाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई संरक्षणको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । हाल घोषणा भएको पुरस्कार नेपाललाई सन् २०२२ को सेप्टेम्बरमा रुसमा हुन लागेको दोस्रो बाघ सम्मेलनमा अवसरमा प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु संरक्षण कोष लगायतका विश्वभर संरक्षणका क्षेत्रमा काम गर्ने नौवटा अन्तर्राष्ट्रिय संस्थाहरूको समूहले बर्दिया राष्ट्रिय निकुञ्जलाई बाघको सङ्ख्या दोब्बर बनाएको भन्दै सो पुरस्कार प्रदान गरेको हो । यो पुरस्कार छनोटमा संरक्षणमा सरकारले लिएका नीति, विद्यमान नीतिको प्रभावकारी कार्यान्वयन, स्थानीय समुदायको सक्रिय सहभागिता, बासस्थान सुधार, चोरी सिकार नियन्त्रणका प्रयास, स्थानीय समुदाय तथा अन्य निकायको सहयोग, समन्वय र साझेदारीको अवस्था लगायतका कुरालाई आधार बनाइएको थियो ।

यी सबै कुरामा बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्रभावकारी काम भएको हुँदा बाघको सङ्ख्या वृद्धि भएको हो । सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या १८ थियो भने सन् २०१८ को बाघको गणनामा ८७ वटा बाघ रेकर्ड गरिएका थिए ।

सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा बाघ पाइने देशहरूको पहिलो बाघ सम्मेलनमा नेपालले प्रतिबद्धता गरेअनुसार बाघको सङ्ख्या सन् २०२२ सम्म दोब्बर हुने स्थिति देखिएको छ । सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ थियो । सन् २०१० को बाघ सम्मेलनमा तत्कालीन सङ्ख्यालाई सन् २०२२ सम्म दोब्बर बनाउने घोषणा गरेको थियो । जसका लागि हाल नेपालले बाघ पाइने तराईका पर्सा, चिवतन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको गणना गर्ने काम भइरहेको छ । नेपालले बाघ संरक्षणमा निरन्तर रूपमा गरेको कामको मूल्याङ्कन भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो त नेपालका लागि गौरवको विषय हो । यसले बर्दिया राष्ट्रिय निकुञ्ज विश्व जगत्मा सुपरिचित हुने अवसर मिलेको छ । जसले गर्दा आउँदा दिनमा यहाँको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिनेछ । ”विश्व वन्यजन्तु कोष नेपालका संरक्षण कार्यक्रम निर्देशक शिवराज भट्टले अन्तर्राष्ट्रिय समुदायले नेपाललाई दिएको पुरस्कारले नेपालले संरक्षण क्षेत्रमा गरेको कामको कदर भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो आम नेपाल र नेपालीका लागि खुसीका कुरो हो । एक गरिब मुलुकले संरक्षणमा लामो समयदेखि निरन्तर रूपमा गरेको प्रयासलाई विश्व समुदायले हेरेको छ । यसले आगामी दिनमा संरक्षणका कामलाई थप प्रभावकारी बनाउन र संरक्षणमा देखिएका चुनौती समाधानका लागि नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग हुने अपेक्षा गर्न सकिन्छ । ” सन् २०१८ को बाघ गणनाअनुसार चितवन ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ गरी कुल २३५ वटा पाटेबाघ रकर्ड गरिएका छन् । यो वर्ष बाघको गणना भइरहेको छ । यो गणनामा २५० भन्दा बढी बाघ पुग्ने अनुमान गरिएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved