Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गृहमन्त्री खाँणले कुन कुन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन हाने ?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १५, २०७८ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

गृहमन्त्री खाँणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई शनिबार टेलिफोन गरी न्यानो कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

यस्तै उनले मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुङ्गाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका वीरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग जिल्लागत शान्तिसुरक्षा र कोभिड–१९ लगायतका विषयमा जानकारी लिए।

यसैगरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका माधवप्रसाद ढुङ्गाना, रसुवाका नवराज जैसी, म्याग्दीका चिरञ्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था, खोप लगाएकाको सङ्ख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए।

गृहमन्त्री खाँणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिड–१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणबारे जानकारी लिए। सरकारले गत मङसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन दिएको थियो।

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी तामाङले गृहमन्त्री खाँणले टेलिफोनमा जिल्लामा कोभिड–१९ को सङ्क्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए। “मन्त्रीज्यूले बिहान टेलिफोनमा जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड सङ्क्रमण, कोभिडविरुद्धको खोप र शीतलहरबारे जानकारी लिनुभयो”, प्रजिअ तामाङले भने। सीमानाकाबाट आउने नागरिकमा कोभिडको सङ्क्रमणबारे पनि मन्त्री खाँणले जानकारी लिएका थिए।

इलामका प्रजिअ ढुङ्गानाले सीमाबाट आएका नागरिकमा कोभिड सङ्क्रमणको अवस्था, निको हुने दर, विद्यालय सञ्चालनको अवस्था कस्तो छ भनेर मन्त्री खाँणले जानकारी लिएको बताए।

गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैसीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड सङ्क्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved