Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

डा. हर्क गुरुङ उद्यान निर्माण गरिने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १६, २०७८ मा प्रकाशित

लमजुङ, माघ १६ । भूगोलविद् डा. हर्क गुरुङको जन्मगाउँ मर्स्याङ्दी गाउँपालिका–७ मा ‘डा. हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा. हर्क गुरुङ प्रतिष्ठानलाई आठ लाख सहयोग गरेको छ।

समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उनकी पत्नी मञ्जु गुरुङले मर्स्याङ्दी–७ का वडाध्यक्ष युवा घलेलाई रकम हस्तान्तरण गरेका छन् । उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिए। तत्कालिन संविधानसभा सदस्य तथा उद्यानका संरक्षक जमिन्द्रमान घलेले उद्यान निर्माणका लागि सहयोग गर्न सबैसँग आग्रह गरे।

प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब ६० लाख लाग्ने अनुमान रहेको बताए। पुस्ताकालय, शालिक, सङ्ग्राहलय, सामग्री प्रदर्शन कक्ष, सभाहल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ।

मर्स्याङ्दी–७ तराँचे ताङ्लीचोकमा १९९५ पुस २१ गते ड गुरुङ जन्म भएको थियो। विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते हेलिकोप्टर दुर्घटना हुँदा डा. गुरुङ सहित २४ जनाको निधन भएको थियो। (रासस)

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved