काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० ओटा आईसीयू बेड हस्तान्तरण गरेको छ ।
सोमबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा र नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलको पहलमा ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हो ।

सो क्रममा पोखरेलले निर्मल लामा स्मृति प्रतिष्ठानले निस्वार्थ रूपमा सामाजिक सेवाको काम गरिरहेको जानकारी बताए । उनले प्रतिष्ठानसँग अहिले १५० आईसीयू बेड रहेको र उक्त बेड देशका विभिन्न सरकारी अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिए ।

जनताको निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारलाई स्थापित गर्नुपर्ने उनले उल्लेख गरे ।















