Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दलितको पक्षमा सर्वोच्चको फैसला : ३ महिनाभित्र हक अधिकार सुनिश्चित हुने व्यवस्था मिलाउन आदेश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १७, २०७८ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले दलितको हक अधिकार सुनिश्चित हुनेगरि ३ महिनाभित्र आवश्यक व्यवस्था मिलाउन संघीय संसद् र सरकारका नाममा आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाश ढुङ्गानाको ६ चैत २०७७ मा सुनाएको फैसलामा दलितहरुको हक र अधिकारका विषयमा संविधान र कानुनमा मात्र लेखेर नहुने भन्दै व्यवहारमै कार्यान्वयनमा थाल्न सरकारका नाममा आदेश जारी गरिएको छ।

अधिवक्ता प्रकाश नेपालीले दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्च अदालतले नेपालमा दलितको समस्या बहुआयामिक भएकाले त्यसको समाधानका लागि तथ्याङ्क संकलनदेखि बृहत् नीति निर्माण, सो नीतिको आधारमा कानुनहरूको पुनरावलोकन, नीति र कानुन अनुरुप योजना निर्माण, बजेटको व्यवस्था र उचित समन्वयसहित संस्थागत अगुवाइको आवश्यकता रहेको ठहर गरेको छ।

‘…दलितहरूको वञ्चितीकरण भयावह छ। सुखी जीवनको लागि आवश्यक मानिएका केहि मानकहरू जस्तो शिक्षा, स्वास्थ्य, सम्पत्ति, रोजगारी, सरदर आयु, राज्यका संरचनामा सहभागिता आदिमा दलित समुदाय पिंधमा रहेको देखिन्छ। कृषि कर्ममा हुनेहरूको जग्गा जमिन नहुँने, अन्य रोजगारीमा हुनेहरू पनि न्युन आय आर्जन गर्न मात्र सक्षम हुने, परम्परागत पेसा गर्नेहरू प्रविधि वा बजारीकरणमा आएको परिवर्तनको कारण व्यवसायको मूल प्रवाहबाट बाहिर पर्ने र अन्ततः पेसाबाटै पलायन हुने अवस्था पर्ने र समग्रमा गरीबीको जाँतोमा निरन्तर पिसिइरहनु पर्ने यी यावत कुराहरूले दलित समुदायले भोगेको आम यथार्थलाई चित्रण गर्छन्…,’ सर्वोच्चको फैसलामा भनिएको छ।

दलित समुदायको हक अधिकारको कार्यान्वयनमा नीति निर्माण, कानुनको पुनरावलोकन र सुदृढीकरण, योजना, बजेट, कार्यान्वयन प्रणाली र प्रक्रिया समेत निर्धारण गरी योजनावद्ध रुपमा कार्य गर्नु आवश्यक रहेको पनि सर्वोच्चले फैसलामा ठहर गरेको छ।

सर्वोच्चले राष्ट्रिय दलित आयोगको समेतको सहकार्यमा ३ महिनाभित्र उपयुक्त संयन्त्र गठन गरी संविधानको धारा २४ तथा धारा ४० द्वारा प्रत्याभूत कहरुको प्रभावकारी कार्यान्वयन गर्ने प्रबन्ध गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

‘…विध्यमान नीति र कानुनको पुनरावलोकन, सुधार र सुदृढीकरण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य र समय-सारिणीको निर्धारण, वार्षिक बजेट विनियोजन तथा मानव स्रोत साधनको समेत व्यवस्था गरी दलित समुदाय र सो समुदायका व्यक्तिका समानता, विभेदहीनता, समता, समावेशीता, सहभागितासम्बन्धी हक अधिकारको प्रचलन र समाजिक न्याय सुनिश्चित हुने आवश्यक प्रवन्ध गर्नू, गराउनू भनी नेपाल सरकार र विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ..,’ सर्वोच्चको फैसलामा भनिएको छ।

संविधानको धारा ४० को उपधारा (७) ले सुविधाहरू वितरण गरिँदा समानुपातिकताको आधारमा न्यायोचित वितरण गरिनुपर्ने कुरा गरे पनि यस विषयमा कानुन कार्यान्वयनको तहमा खासै काम हुन नसकेको फैसलाको पूर्णपाठमा उल्लेख छ।

समानुपातिकताको व्यवस्था दलित समुदाय भित्रै पनि आर्थिक, शैक्षिक, र मानव विकास सुचकाङ्कको आधारमा पीँधमा रहेका लिङ्ग, जात र समूहको प्राथमिकीकरण गरी र पहिचान भएको दलित समुदायको पहाड र तराईंमा रहेको जातीय अनुपातलाई समेत दृष्टिगत गरी गर्न सकिने हुन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘धारा ४०(७) को कार्यान्वयन गर्ने सन्दर्भमा नीति, कानून र कार्यान्वयन योजना बनाउदा यसतर्फ दृष्टि दिनु आवश्यक देखिन्छ…।’ https://drive.google.com/file/d/1Lo2Ss8UzQ1pCisyhYdCoL_-ER5MZ730c/view

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved