काठमाडौं, चैत १ । नेपाल भ्रमणमा आएका साउदी अरबका राजकुमार एवं विदेशीमन्त्री फैजल बिन फरहान अल साउद र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटावार्ता भएको छ ।
मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगी विदेशमन्त्री फैजलले शिष्टाचार भेटवार्ता गरेका हुन् ।भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिसँग भेटपूर्व सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी विदेशमन्त्रीले नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
















