काठमाडौं, चैत १ । प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदबीच शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता पश्चात् साउदी अरबका विदेशमन्त्री फैसल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक सहयोग, नेपाली कामदारको सुरक्षालगायत विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटमा उनले नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।
















