काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा को चालु अधिवेशन मंगलबारदेखि अन्त्य गरेकी छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयद्वारा मंगलबार साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ।

प्रतिनिधिसभाको चालु दशौं अधिवेशन मङ्सिर २८ गते प्रारम्भ भएको थियो।















