Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री देउवाको भारत भ्रमण तय

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र १५, २०७८ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा श्रीमती आरजुसहित भारत भ्रमणमा जान लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गरी प्रधानमन्त्री देउवाको भ्रमणबारे जानकारी दिएको हो । यद्यपि, विज्ञप्तिमा भ्रमणको एजेन्डा उल्लेख गरिएको छैन ।

गत असार २९ मा पाँचौंपटक प्रधानमन्त्री बनेका देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमण जान लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री देउवा ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएकोमा पछि कोरोनाका कारण स्थगित भएको थियो । प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम तय भएपछि भ्रमणलाई राजकीय बनाउन प्रधानमन्त्रीपत्नी आरजुले भारत भ्रमण गर्नुभएको थियो ।

तर, परराष्ट्रको विज्ञप्तिमा प्रधानमन्त्रीको भ्रमणलाई राजकीय भनिएको छैन । यसअघि विश्व जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री स्कटल्यान्ड भ्रमणमा जानुभएको थियो ।

भारत भ्रमणमा प्रधानमन्त्रीसँगै उहाँकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगै अन्य मन्त्रालयका सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीच विद्यमान पुरानो सम्बन्धलाई ताजगी गर्ने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय उप–राष्ट्रपति श्री एम वेंकैया नायडूलाई भेट्ने कार्यक्रम रहेको छ भने भारतीय प्रधानमन्त्री मोदीसँग १९ चैतमा दुईपक्षीय वार्ताको कार्यक्रम तय भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, भारत भ्रमणमा क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणकै क्रममा प्रधानमन्त्री देउवाले दिल्लीमा रहेका व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ भने स्वदेश फर्किनुअघि उहाँ वाराणसी जाने कार्यक्रम पनि तय भएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved