Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सशस्त्र प्रअम पदमा पदोन्नति भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख १५, २०७९ मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका राजु अर्याललाई बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई बधाई दिँदै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरूमा सृजनशिल, चेतनशील रहँदै सकारात्मक सोचका साथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक विकासमा पु-याएको योगदानको उच्च कदर गर्नुभएको थियो ।

उहाँले पदोन्नति वृद्धि विकासको महत्वपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतहरूले निःस्वार्थ भावनाका साथ फौजी संस्कार र पद्धतिको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीहरूलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य पद्धती अपनाई कार्यसम्पादनमा क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् उद्धारलगायतका सांगठनिक जिम्मेवारीहरूमा खरो रूपमा उत्रन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत निर्देशन दिनुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती केसीले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती अनिता अर्याललाई फुलमालाका साथ बधाई दिँदैै संघमा स्वागत गर्नुभएको थियो ।विसं २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर हुनुभएको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved