Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बतास समुहलाई फेरि नसोचेको झट्का, अदालतको आदेशले छट्पटी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ १८, २०७९ मा प्रकाशित

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको पशुपति धर्मशाला भाडामा लिएको बतास समूहलाई झट्का लागेको छ । कोषले धर्माशाला करार सम्झौताअनुसार संचालनमा नआएको पाइएपछि सम्झौता रद्द गरेको थिए । उक्त सम्झौता रद्द गरेको विषय जिल्ला अदालत काठमाडौँले सदर गरिदिएपछि बतास समूहलाई झट्का लागेको हो ।

न्यायाधीश विनोद कुमार पोखरेलको एकल इजलासले कोषको निर्णय सदर गर्दै सोही अनुसार कार्यान्वयन गर्न आदेश दिएको छ । कोषले सम्झौता रद्द गरेपछि बतास समूहले जिल्ला अदालत काठमाडौँमा संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्रालय, मन्त्री प्रेम आलेसहित पशुपति क्षेत्र विकास कोषका विरुद्धमा मुद्धा दर्ता गरेको थियो ।

तत्कालिन अवस्थामा अदालतले एकपक्षीय रुपमा सम्झौता रद्द भएको निर्णय कार्यन्वय नगर्न अन्तरिम आदेश दिएको थियो । बुधबार उक्त अन्तरिम आदेश उल्ट्याउँदै सम्झौता रद्दको निर्णय कार्यन्वयन गर्न आदेश दिएको हो ।

‘मुलुकी देवानी संहिता, २०७४ को दफा ५३८ एवं ५४० समेतलाई आधार बनाई करार भंग भईसकेको अवस्थामा प्रस्तुत मुद्दा मिति २०७८–१२–२४ मा दायर हुन आएको र ऐ.दफा ५३५ को उपदफा (३) का साथै दफा ५४० को उपदफा (२) को (ङ) बमोजिम करार उलंघन भई करार नै बदर, भईसकेको अवस्थामा करारको परिपालना गराउन एक पक्ष बाध्य हुन सक्ने देखिदैन । तसर्थ प्रतिवादी पक्षबाट करार भंग गरिसकिएको स्थितिलाई बादी पक्ष समेतले स्वीकार गरी रहेको पाइन्छ । तसर्थी भंग भईसकेको करारलाई यथावत पालना गर्न मिल्ने अवस्था कानूनत देखिन आएको स्थिति नभएबाट मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम जारी भएको अन्तरकालीन आदेश कायम रहन सक्ने देखिएन । अतः उक्त आदेश बदर गरी दिइएको छ। कानून बमोजिम गर्ने ।’ अदालतको आदेशमा भनिएको छ ।

सम्झौता अनुसार काम नभएकापछि कोषले गएको चैत्र १२ गते सम्झौता रद्द गरेको थियो । सम्झौता रद्द भएपछि अब बतासले पशुपति धर्माशाला छोड्न पर्ने छ । साभार मोटिभेट न्युज

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved