Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चारकर्मी उत्पादनमा जोड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २८, २०८३ मा प्रकाशित

इलाम, — स्थानीय तहमा गुणस्तरीय र जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिकामा आयोजना गरिएको व्यावसायिक पत्रकारितासम्बन्धी क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

सूर्योदय नगरपालिकाको सहकार्य तथा नेपाल पत्रकार महासंघ, इलाम शाखाको आयोजनामा सञ्चालित उक्त तीनदिने तालिम जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको थियो। पत्रकारिता क्षेत्रमा भविष्य निर्माण गर्न चाहने तथा सञ्चार क्षेत्रमा रुचि राख्ने ४४ जना सहभागीले तालिममा सहभागिता जनाएका थिए।

तालिममा समाचार लेखन, पत्रकारिताका आधारभूत सिद्धान्त, सञ्चार आचारसंहिता, खोजमूलक पत्रकारिता, डिजिटल माध्यमको प्रभावकारी प्रयोग तथा व्यावसायिक पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।
सहभागीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्न वरिष्ठ पत्रकार केदार शर्मा सहित भीम चापागाईं, विप्लव भट्टराई, सुनिता राई, राजकुमार दाहाल, मनोज अधिकारी र टीका खतिवडा ले सहजीकरण गर्नुभएको थियो।

नगरपालिकाका तर्फबाट प्रशासन शाखा प्रमुख लुना खतिवडा ले पनि स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यका विषयमा सहजीकरण गर्नुभएको थियो।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल ले आधारभूत पत्रकारिता तालिममा सहभागीहरूको सक्रियता र सिकाइप्रतिको लगाव प्रशंसनीय रहेको बताउनुभयो। उहाँले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले पत्रकारहरूले समाज र सरकारका सकारात्मक तथा कमजोरी दुवै पक्षलाई निष्पक्ष रूपमा उजागर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले रचनात्मक आलोचनाले सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै, कमजोरी औँल्याउँदा त्यसलाई सुधारको अवसरका रूपमा लिने आफूहरूको सोच रहेको बताउनुभयो। साथै, पत्रकारहरूको सीप र क्षमता थप अभिवृद्धि गर्न आगामी आर्थिक वर्षमा उन्नत (एडभान्स) पत्रकारिता तालिम सञ्चालनका लागि नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने जानकारी दिनुभयो।

कार्यक्रम नेपाल पत्रकार महासंघ, इलाम शाखाका अध्यक्ष भीम चापागाईं को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासंघका सचिव टीका खतिवडा ले गर्नुभएको थियो।

आयोजकका अनुसार यस्ता तालिमले स्थानीय तहमा दक्ष, जिम्मेवार र व्यावसायिक पत्रकार उत्पादन गर्न सहयोग पुग्नुका साथै सत्य, निष्पक्ष र जनउत्तरदायी पत्रकारिताको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

 

तस्वीर: टीका खतिवडा

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.