Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

उपेन्द्र यादब र महन्थ ठाकुर एकअर्कामाथिको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा भएको एकअर्कामाथिको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएन ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले जसपा अधयक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, लक्ष्मण लालकर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरिएको भन्दै आयोगको दर्ता कितावमा रहेको अभिलेख अध्यावधिक गर्न निवेदन दिएको थियो।

यस्तै अर्का अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरिएको भन्दै अभिलेख अध्यावधिक गर्न निवेदन दिएका थिए।
तर, निर्वाचन आयोगले पार्टीका पदाधिकारीलाई हटाउनु र हेरफेर गर्नु फरक रहेको भन्दै दुबै समूहको मागलाई अस्वीकार गरेको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले डिसी नेपालसँग भने, ‘उहाँहरु दुबै पक्षले राजनीतिक दल सम्बन्धी नियामवलीको दफा ५१ अनुसार विवरण हेरफेरका लागि निवेदन दिनु भएको थियो। त्यसअनुसार हुन नसक्ने आयोगले निर्णय गरेको छ। विवाद निरुपणका लागि दफा ४३ अनुसार आए आयोगले थप निर्णय लिनसक्छ।’

जसपा विवादः बहुमत नपुगेपछि महन्थ समूहले निर्वाचन आयोगमा पत्र बुझाउन सकेन

ओली सरकारमा सहभागी हुने विषयलाई लिएर जसपामा विवाद चुलिएपछि एकअर्का पक्षले कारबाही गरेका थिए। महन्थ ठाकुर समूह ११ मन्त्रीसहित सरकारमा सहभागीसमेत भइसकेको छ। तर, उपेन्द्र समूह भने ओली सरकारको विरोधमा छ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.