Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पश्चिम नवलपरासीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित

नवलपरासी /जेठ ३० । पश्चिम नवलपरासीमा एक हप्ताका लागि पाँचौ पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जेठ ३१ गते राती १२ बजेदेखि असार ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्लामा कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

अब हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा÷मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु मात्र विहान ५ देखि दिउँसो २ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । तर हाटबजार, मण्डी जस्ता भिडभाड हुने स्थानमा विक्री वितरण भने पाइने छैन ।

जिल्ला स्थीत सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालय प्रमुखहरु अनिवार्य उपस्थीत भई कार्यालय सञ्चालन गर्न पूर्व तयारी गर्न भनिएको छ । साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कार्यालय परिसरको सरसफाई, सेवाग्राही बस्ने स्थानमा मार्किङ्ग गर्ने, सावुन पानीले हात धुने, स्यानिटाइजर र थर्मल गन आदिको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । कार्यालयबाट प्रदान गरिने अत्यावशकीय सेवा न्युनतम कर्मचारीलाई आलोपालो गरि सञ्चालन गर्न भनिएको छ ।

यस्तै बैंक तथा वित्तिय संस्था र राजश्वसँग सम्बन्धीत संस्थाले भौतिक दुरी कायम गरि जनस्वास्थ्यका मापदण्ड पालना गर्दे निश्चित समयावधि तोकि सेवा सुचारु गरिने भएको छ । कार्यरत कर्मचारीको आधा कर्मचारीबाट दैनिक विहान १० देखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गर्न बैठकले निर्णय गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्था एक दिन विरायर मात्र खुल्दै आएका थिए ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो । यसअघि गत बैशाख ३१ देखि जेठ १५ सम्म दोश्रो पटक, जेठ १५ देखि २२ गतेसम्मका लागि तेश्रो पटक र जेठ २२ देखि ३१ गतेसम्म चौथो पटकका लागि निषेधाज्ञा थप गरिएको थियो ।

निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला प्रशान कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै पूर्वी नवलपरासी र रुपन्देहीमा पनि एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.