Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपुरमा जेठ ३१ गते सकिने निषेधाज्ञा फेरी असार ७ गतेसम्मका लागी थपियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित
कावासोती । पुर्वी नवलपरासीमा जेठ ३१ गते सम्म रहेको निषेधाज्ञाको समयलाई बढाएर असार ७ सम्म थप गरिएको छ ।

नवलपुर जिल्ला प्रशासन कार्यालयमा आज बसेको डिसिएमसीको बैठकले असार ७ सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा निषेधित कार्यहरु सार्वजनिक भेला, जमघट, समारोह सम्बन्धमा
क) सबै प्रकारका भेला सम्मेलन, धार्मिक, सांस्कृतिक, सामाजिक गतिविधिहरु गर्नका लागि जमघट गर्न गराउन नपाइने ।

ख) सार्वजनिक खेलकुद, नाच, मेला, जात्रा महोत्सव, भोजभतेर र हाटबजार तथा भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न गराउन नपाइने ।

ग) मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुने खालका कुनै पनि कार्यक्रम गर्न नपाइने ।

घ) कुनै पनि प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, जुलुश वा प्रदर्शन जस्ता कार्य गर्न गराउन नपाइने ।

ङ) खेलकुदस्थल, मनोरन्जन स्थल, शारीरिक सुगठन गर्ने स्थल, स्वीमिङ्ग पुल तथा जिमखाना, फिटनेस सेन्टर, सामुहिक खेलकुद, पार्टी प्यालेस, सैलुन तथा ब्युटिपार्लरहरु सञ्चालन गर्न नपाइने ।

च) विद्यालय, कलेज, ट्युसन सेन्टर तालिम केन्द्र लगायतका संस्थामा विद्यार्थी शिक्षक भौतिक रुपमा भेला भई गराइ सिकाइ गतिविधि संचालन गर्न नपाइने ।

सार्वजनिक तथा नीजि सवारी संचालन सम्बन्धमा
क) सार्वजनिक तथा नीजि यात्रुबाहक सवारी साधन संचालन गर्न नपाइने ।

ख) खाद्यवस्तु, पानी तथा अत्यावश्यक सामाग्री बोकेको ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा (२ जना) बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन यस जिल्लामा प्रवेश गर्न रोक लगाउने ।

अत्यावश्यक खाद्य सामग्री सम्बन्धमा
क) तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ र खाद्यान्नका पसल हरेक बिहान ६ बजे देखी बजे सम्म (३ घण्टा मात्र) र साझ ५ बजे देखि ७ बजे सम्म (२ घण्टा) खोल्न पाइने तर तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ दुवानी साधनबाट ल्याइएका खाद्य सामग्रीहरु अन्य समयमा गर्न सकिने ।

गर्न पाइने कार्यहरु
क) जिल्ला भित्रका सरकारी कार्यालय तथा सार्वजनिक संस्थान तथा गैरसरकारी संस्थाले न्यूनतम जनशक्तिबाट आलोपालो गरी अतिआवश्यक सेवालाई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्ने ।

ख) विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आफ्नै घरमा मात्र विवाह व्रतबन्ध गर्ने ।

ग), अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दुरसंचार, इन्टरनेट, आइसोलेसन, कुरियर, डाँक, फोहरमैला व्यवस्थापन लगायतका दुवानीका साधन जिल्ला भित्र संचालन गर्न पाउने

घ) विकास निर्माणसँग सम्बन्धित आयोजनाका सामग्री बोकेका दुवानीका साधन, स्वास्थ्य संग सम्बन्धित अत्यावश्यक सामग्री बोकेका दुवानी साधन, कृषिजन्य सामग्री लगायतका सवारी साधन जिल्ला भित्र संचालन गर्न पाउने ।

ङ) सरकारी कार्यालय, बैंक, वित्तिय संस्था तथा अत्यावश्यक सार्वजनिक सेवा प्रदायक संस्थाको कर्मचारीको हकमा कर्मचारी परिचयपत्र प्रयोग गरी कार्यालय प्रयोजनमा कार्यलय समय भित्र जिल्ला आवागमन गर्न पाइने ।

च) अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाइटिकट, पासपोर्ट र भिषा हुनेलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गर्ने ।

छ) संचारकर्मी पत्रकारको हकमा सूचना संकलन र सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने।

ज) उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उद्योगसम्म र उद्योगबाट उत्पादन भएको मालवस्तु बजारसम्म सहज निकासी आपूर्तीको व्यवस्था मिलाउने ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.