Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

उपप्रधानमन्त्री राजेन्द्र महतोलाई नेपाली नागरिकता सार्वजनिक गर्ने ७ दिने अल्टिमेटम

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलाई अर्को झट्का लागेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्रीको नेपालीको नागरिकता सार्वजनिक गर्न माग गरेका छन ।

सितामडी जिल्ला कोहवरवा, भारत स्थायी ठेगाना भएका महतोको नागरिकताका विषयमा बर्षैदेखि प्रश्न उठेको भन्दै नयाँ पार्टी नेपालले एक हप्ताभित्र नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको छ ।

आइतबार सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै नयाँ नेपाल पार्टीले नेपालको नागरिकता सार्वजनिक गर्न अल्टिमेट दिएको हो । ‘खोभारी सुडीको छोरा राजेन्द्र सुडी महतोको नागरिकताको सबालमा बर्षौदेखि प्रश्न उठी रहेको छ । तपाईलाई भारतीय नागरिक भएर पनि नेपाली नागरिकता लिएको आरोप लाग्दै आएकोले तपाईले नागरिकता झुटो विवरण पेश गरी लिएको दावी सहित नयाँ पार्टी, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालमासमेत उजुरी दर्ता गरी आवश्यक कारबाही भई रहेको छ ।

महतोलाई बुझाएको पत्रमा भनिएको छ, ‘तपाईमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्नको लागि सहयोग गर्दै आफ्नो सक्कल नागरिकता, आफ्नो पिताको नागरिकता, नेपाली हो भनी पुष्टि गर्ने कम्तीमा १० पुस्ताको पुस्तेवारी, राजेन्द्र सुडी महतो नेपाली हो भनी प्रमाणित गर्ने विशेष गाँउ, वडाको कम्तीमा १०० जनाले प्रमाणित गरेको सर्जमिन मुचुल्का सहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न तपाई राजेन्द्र सुडी महतोलाई नयाँ पार्टी, नेपाल ७ दिने अल्टिमेटम दिन चाहन्छ ।’

उल्लेखित कागजात जुटाउन नसक्ने भए सोही समयभित्र आफू भारतीय नागरिक भएको व्यहोरासहित नेपाल सरकार समक्ष आत्मसर्मण गरी आवश्यक अनुसन्धानमा सहयोग गर्न पनि नयाँ पार्टीले अनुरोध गरेको छ । साथै निष्पक्ष धानविनका लागि पदबाट राजीनामा दिने समत सल्लाह दिएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.