Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्याउ तस्करीमा मुछिएका सई सहित तीन प्रहरी निलम्बन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित
सुनसरी । भारततर्फ चाइनीज स्याउ तस्करीको घटनामा मुछिएका सुनसरी प्रहरीका सई सहित तीन जना प्रहरी निलम्बनमा परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरीको एक जना सहिसहित तीन जना प्रहरीलाई निलम्बन गरि कारबाहीको प्रक्रिया अगाडी बढाएको हो । प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भाण्टाबारीका प्रमुख सइ गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।

यस्तै भाण्टाबारी मातहतमा रहेको अस्थाइ प्रहरी चौकी कोशी कटानका इन्चार्ज असाइ आश नारयण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असाइ टेक बहादुर कार्कीलाई निलम्बन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबावु कार्कीले जानकारी दिए ।

डिआइजीलाई असाइदेखि मुनिका प्रहरीलाई निलम्बन गर्ने अधिकार छ । असाइभन्दा माथिल्लो तहको प्रहरीलाई निलम्बन गर्नु परे केन्द्रीय कार्यालयमा सिफारिस गर्नुपर्ने हुन्छ । प्रदेशले गरेको सिफारिसको आधारमा केन्द्रले निर्णाय गर्नेछ । ‘संगठनको आचरण बिपरीत काम गरेको पाइएपछि सीमा क्षेत्रमा खिटएका तीन जना प्रहरीलाई निलम्बन गरि अहिले अनुसन्धान भइरहेको छ,’ डिआइजी कार्कीले भने, ‘निलम्बन गरिएको इन्चार्जको ठाउँमा १ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहवी र १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीका प्रहरी टोली पठाएको छ ।’

भाण्टाबारी प्रहरी चौकीमा थापाको ठाउँमा गणदेखि सइ दिपक कार्की पठाएको छ । यस्तै कोशी कटान प्रहरी चौकीमा असाइ नविन श्रेष्ठ, श्रीपुर प्रहरी चौकीमा सही वर्ष कुमार राई पठाएको छ । तीन वटा प्रहरी चौकीमा पुराना सबै प्रहरी हटाएर गणदेखि पठाएको नयाँ प्रहरी रहेका छन् ।

भाण्टाबारी बाहेक सुनसरीको श्रीपुर, लाही, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकादेखि पनि तस्करी हुने गरेको छ । तस्करी हुने नाकादेखि सुनसरीका प्रहरीका सादा पोशकका प्रहरी जवान सबाम मिया, रविन्द्र दनुवार र राम कुमार मेहताले महिनावारी असुली गर्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रशान फाटका प्रहरी निरीक्षक जयदेव माझीले सेटिङ्ग मिलाएपछि सीमा नाका इन्चार्ज पठाउने गरेको सुरक्षा निकायका स्रोतको भनाई छ । सनसरी प्रहरी प्रमुख एसपी कमल थापाले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी टोली लागि परेको बताए ।

तस्करीजन्य गतिबिति रोक्न सीमा क्षेत्रमा कडा निगरानी गरिएको उनले बताए । चाइनिज स्याउ तस्करी भएको विषयमा डियुटिको खटिएको प्रहरीको बदमासी भेटिएकोले केही प्रहरीलाई निलम्बन गरि अनुसन्धान सुरु गरेको उनले बताए । ‘हामीले केही प्रहरीलाई निलम्बन गरि तीन वटा प्रहरीका इन्चार्जसहित सेटै परिवतर्न गरिएको छ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिएको छु ।’

स्याउलगायत अन्य सामानसमेत तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमानाकामा कडाइ गरिएकोे उनले बताए । शनिबार राती सुनसरीको भण्टाबारी नाकादेखि तस्करी भएको ठूलो परिमाणको चाइनिज स्याउ भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि गएको चाइनिज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूला परिमाणमा पक्राउ गरेपछि प्रहरीको पनि संलग्ना रहेको खुलेपछि प्रदेश प्रहरीले निलम्बन गरि कारबाही अगाडी बढाएको हो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.