बिनोद मण्डल
सिराहा । कोरोना संक्रमण बढिरहेको अवस्थामा हरेक देशले लगाएको लकडाउन अन्तर्गत भारतीय भूमिमा नेपालीलाई सास्ती भोग्नु परेको छ ।
नेपाल भारत सीमा अन्तर्गत धनुषा जिल्लाको दक्षिणी भेगमा पर्ने नहिनाथपुर ईलाका अर्थात् विदेह नगरपालिकाको वडा नं १ मा नेपालीहरु भारतीय प्रहरी जवान ssb भारतीय सशस्त्र सीमासुरक्षा बलबाट पेलिएका छन् ।

नेपालबाट भारततर्फ आवत जावत गर्नमा वीर नेपाली सशस्त्र प्रहरी जवानले नम्र व्यवहार भारतीय नागरिकलाई गरेको पाइन्छ तर महिनाथपुर सीमा नाकामा खटिएका प्रहरी जवानले विवेकहीन व्यवहार नेपालीमाथि गरेको करिब ३ घण्टाको अनुभवबाट भारतीय जवान अमित सिंहको क्रुर र दानवीय व्यवहारले नेपालीहरु सीमानाकामा आजित भएका छन् ।

सामान्य किनमेलको लागि भारतीय भूमिमा जाँदा अनावस्यक तनाब दिएर पैशा माग्ने गरेको र लखेटी लखेटी समान खोसेको र पिटेको दृश्य देख्दा हाम्रो नेपाली सुरुक्षा बलको महानता र नैतिकता विश्वमा असल मान्न सकिन्छ ।
सीमानाका शिल गरिएको छैन । भारतीय मानिसलाई नेपालमा प्रवेशमा कुनै रोक नलगाउने त्यहाँका सुरक्षाकर्मी नेपालीलाई देख्ने बितिकै हेपेर बोल्ने चरित्र बोकेका सुरुक्षा निकाय माथी घोर आपत्ति प्रकट गर्दछु । नेपालीलाई सास्ती देखेर सहन नसकी नहिनाथपुर क्याम्पमा जाँदा साहेबको आदेश मुताबिक काम गर्न विवस भएको त्यहाँस्थित सुरुक्षा कर्मीले बताएका थिए ।
नेपालीमाथि दुर्ब्यवहार पटक पटक गरिरहने भारतीय सुरक्षाकर्मीले विदेह नगरपालिकाको वडा नं १ मा रहेको नेपालीहरुलाई बारम्बार दुःख दिने गरेको छ । यसप्रति सरकार गम्भीर हुन जरुरी छ ।















