काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर अश्विन श्रेष्ठले होटल सञ्चालन गरेको पाएको हो।

उनले आइतबार बिहान करिब ३ बजे निषेधाज्ञाको उल्लंघन गर्दै भेला जम्मा गरी होहल्ला गरेको पाए पछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले सञ्चालकसहित ९ जनालाई नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई पक्राउ गरी कारबाहीको लागि प्रशासनमा बुझाउँदा भोजपुरका २५ वर्षीय सञ्चालक श्रेष्ठलाई चार लाख जरिवाना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रशासनले त्यही होटलबाट समातिएका दुई जना विदेशी सहित आठ जनालाई १५ हजारका दरले जरिवाना तिराएको छ । दुई जना विदेशी क्रोएसिया र अजरबैजनका नागरिक भएको परिसरले जनाएको ।















