Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संकटकाल लगाउने तयारीमा ओली, सेना परिचालन गर्न सक्छ : देव गुरुङ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३१, २०७८ मा प्रकाशित
काठमाडौं । मुलुकको राजनीतिमा अनिष्टको संकेत देखापर्न थालेको छ । केही दिनयता राजनीतिक दलका नेताहरुको अभिव्यक्ति हेर्ने हो भने मुलुक संकटमा फस्दै गएको अनुमान लगाउन गाह्रो छैन । अघिल्लो साता आइतबार पूर्वप्रधानमन्त्री तथा सजपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकप्रति घात हुन लागेको आफूले सूचना भएको र यस बारे प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताए ।

मुलुकप्रति घात हुन लागेको बताएका उनले कस्तो किसिमको घात हो भन्नेबारे केही खुलाएनन् । गत पुस ५ गतेदेखि यही जेठ ८ गते प्रतिनिधि सभा विघटन हुँदासम्म मुलुकभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइनअनुसार भएको उनको दाबी थियो ।त्यसपछि गत शनिबार डा. भट्टराई सहित पाँच पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, र झलनाथ खनालले नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको भन्दै प्रेस विज्ञप्ती जारी गरे ।

उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’ केही महिना अघि प्रधानमन्त्री ओलीले विदेश शक्तिले आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल भएको बताए पनि कसको खेल हो भन्नेमा स्पष्ट पारेका छैनन् । तर, लामो राजनीतिक संघर्ष र बलिदान पछि प्राप्त राजनीतिक उपलब्धी धरापमा पर्ने गरी भइरहेका राजनीतिक गतिविधि र नेताहरुको सार्वजनिक अभिव्यक्तिले मुलुक संकटमा फसिरहेको अनुमान लगाउन सकिन्छ ।

देश र पार्टीको नेतृत्व गरेका व्यक्तिहरुले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रहेको बताउँदा तथा त्यो कुन समूह वा देश र व्यक्ति, संस्था हो भन्नेमा नखुलाई सतही रुपमा भनिए पनि यसलाई हल्का रुपमा लिन सकिँदैन ।
केन्द्रदेखि प्रादेशिक सरकारमा भइरहेका अस्वभाविक राजनीति व्यवहारले कोरोनाबाट पीडित जनता निराश बनिरहेका छन् । त्यसमाथि मुलुमा बाह्य हस्तक्षेप भइरहेको पूर्वप्रधानमन्त्रीहरुको सार्वजनिक दाबीले झनै चिन्तित् बनाएको छ ।

केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने र गिराउने खेल चलिरहेको छ । यी कार्यले मुलुक गम्भीर संकट र राजनीतिक गतिरोधमा पिल्सिएको अनुमान लगाउन गाह्रो हुँदैन । यही बेला फेरि आइतबार (जेठ ३०) नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लामो संघर्षबाट प्राप्त उपलब्धी समाप्त पार्ने गरी मुलुकको राजनीतिक अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आइतबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मुलुकको संकटकाल लगाएर सेनासमेत परिचालन गर्ने गरी राजनीतिक अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओली अहिलेको व्यवस्था समाप्त पार्ने गरी अघि बढेको उनको आरोप छ । प्रधानमन्त्री ओलीको आगामी कदममा सके संकटकाल लागू गरेर सेना पनि परिचालन गर्ने, नसके पनि राष्ट्रपतिमार्फत जबरजस्ती रुपले बल प्रयोग गरेर संविधान सिध्याउने रहेको नेता गुरुङको गम्भीर आरोप छ । यसबारे गुरुङले भनेका छन्, ‘अब उहाँहरुको प्लान अथवा रणनीति हेर्दाखेरि र अबको स्टेप हेर्दाखेरि संसद् भंग गरिदिने, संविधान अवरुद्ध गरिदिने, राष्ट्रपतिबाट अध्यादेशबाट देश चलाउने, अहिले त्यो दिशातर्फ गइरहेको छ ।

सके संकटकाल लागू गरेर सेना पनि परिचालन गर्ने, नसकेपनि राष्ट्रपतिमार्फत जबरजस्ती रुपले बल प्रयोग गरेर संविधान सिध्याउने, र यो दिशातर्फ जाँदैछ ।’ गुरुङको गम्भीर आरोपबारे प्रधानमन्त्री तथा प्रधानमन्त्रीको सचिवालयले कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर, सत्तारुढ दल नेकपा एमालेभित्रको महिनौँ देखिएको आन्तरिक विवाद समाधान नहुनु, दलीय असहमति र आशंका बढ्नु, नेताहरुको गम्भीर प्रकृतिका अभिव्यक्ति सार्वजनिक हुनु लगायतले मुलुक संकटमा फसिरहेको अनुमान भने लगाउन सकिने देखिन्छ

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.