बिनोद मण्डल
जेठ ३० । प्रदेश नं २ को बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत बालिकाले पाए साइकल उपहार छ।


धनुषाको हंसपुर नगरपालीका वडा नं ५ को श्री यादब माध्यामिक विद्यालय को परिसरमा आयोजित कार्यक्रममा मेयर रामज्ञान मण्डलले ६३ जना विद्यालय स्तरमा अध्यनरत बालिका न विद्यार्थीलाई प्रोत्साहित गर्न नगरपालिकाले साइकल उपहार दिएको हो ।


मधेशमा महिलामाथि हुने हरेक किसिमका समस्या समाधान गर्न महिला शिक्षित हुनुपर्ने र त्यसकालागि महिलालाई विद्यालयमा पहुंच पुगाउन सहजताको लागि प्रदेश नं २ सरकारले साइकल वितरण कार्यक्रमलाई अघि बढाएको हो ।
















