Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पट्याउनै नसक्ने, माओबादी केन्द्र नेता पाण्डेय हत्यामा श्रीमती नै मुख्य योजनाकार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३१, २०७८ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुमा माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेयको हत्यामा श्रीमतीको मुख्य योजना रहेको पाइएको छ । प्रहरीले हत्यामा संलग्न र हतियार विक्री गर्ने गिरोहलाई समेत पक्राउ गर्न सफलता पाएको छ । नेता पाण्डेयलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली हानिएको थियो ।

उनको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । पाण्डेयकी श्रीमती महिमाको घटनामा संलग्न मध्येका ओम प्रकाश यादवसँग विवाहेत्तर सम्बन्ध रहेको र उनीहरुकै योजनामा हत्या भएको प्रहरीले आज जानकारी दिएको छ । घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादवलाई प्रहरीले पेस्तोल र ६८ राउण्ड गोली सहित पक्राउ गरेको छ ।

त्यसैगरी हत्यामा संलग्न भएको अभियोगमा कपिलवस्तु नगरपालिका २ का साकिर अलि पखिया, रमजान साह मुसलमान र कपिलवस्तु नगरपालिका १ का पूर्णवीर पाल्पालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २ थान पेस्तोल र केही गोली समेत बरामद गरेको जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि चलाइएको अभियानका क्रममा प्रहरीले हतियार उपलब्ध गराउने गिरोहसमेत समातेको छ । पाण्डेयको हत्यामा हतियार उपलब्ध गराएका र पछि लुकाउन सहयोग गरेका ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोही ठाउँका प्रवीण गुप्ता, यशोधरा गाउँपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिदटोलका नरसत अलि पक्राउ परेका छन् ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.