बिनोद मण्डल
सिराहा । जेठ ३१, मदन भण्डारी माविले आज आन्तरिक मूल्यांकनद्वारा विद्यार्थीको रिजल्ट प्रकाशित गरेको छ ।
साविक गाउँविकास समिति विष्णुपुरकटी तथा हाल धनगढिमाई १४ सरे अम्बासमा रहेको मदन भण्डारी माविमा कक्षा १ देखि ९ सम्मको औपचारिक रिजल्ट प्रकाशित गरेको प्रधानाध्यापक महेश्वर प्रसाद मण्डलले बताउनुभएको छ ।

प्रकाशित रिजल्ट सँगै विद्यार्थी भर्ना पनि आजैदेखि थालिएको र त्यसकालागि विद्यालय प्रशासन अाम विद्यार्थी र अभिभावकको लागि नियमित खुला रहने सह प्रधानाध्यापक रेखा कुमारी राईले बताउनुभयो ।

लक डाउनको समयमा विद्यार्थीको शैक्षणिक पक्षमा विशेष ध्यान दिनुपर्ने शिक्षक राजेन्द्र मगरले जानकारी गराएका छन् ।
समयमा रिजल्ट प्रकाशित भएकोले अाम विद्यार्थी र अभिभावक खुशी देखिएका छन् भने विद्यालयका सबै व्यवस्थापनको पारदर्शिता प्रति अाम स्थानिय खुशी भएको व्यवस्थापन समितिका अध्यक्ष सुवास बाबु हमालले जानकारी दिनुभयो ।















