असिम कामु मगर
पाल्पा । पाल्पा जिल्लामा प्रहरीले ६५ वर्षीया वृद्धालाई जवरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
जेठ २८ गते साँझ ७ बजे रामपुर नगरपालिका निवासी ३५ वर्षीय नारायणकुमार मल्ललाई सोही ठाउँ बस्ने ६५ वर्षीया वृद्धालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कारको अभियोगमा पक्राउ गरेका मल्ललाई हिरासतमा लिएर अनुशन्धान गरेको बताएको छ ।
















