Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

ईलाका प्रहरी कार्यालय पोखरियाका घुमुवा यादव र न्यौपानेले मच्चाए आतंक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १, २०७८ मा प्रकाशित
रंजित चौरसिय

वीरगंज ०१ असार । ईलाका प्रहरी कार्यालय पोखरियाका घुमुवाहरुले सो क्षेत्रमा आतंक नै मच्चाएको स्थानियहरुले गुनासो गरेका छन् ।

ईलाका प्रहरी कार्यालय पोखरियाले शान्ति सुरक्षाको लागि प्रहरी जवान लालबाबु यादव र सुरेश न्यौपानेलाई घुमुवाको रुपमा परिचालन गरे पनि उनीहरुले सर्वसाधारण स्थानियहरुलाई विभिन्न बहानामा आतंकित पार्ने काम गरेको गुनासो बढन थालेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरिया अन्र्तगत पर्ने विन्दवासिनी, अमरपटी, प्रसौनी भाठा, धोरे, खेश्राहा, सबैठवा, भिस्वा, बन्जारी, मिर्जापुर, बुढगाई, टिहुकी, आश्वारी, जानकीटोला लगायतका ग्रामिण क्षेत्रमा घुमुवा यादव र न्यौपानेले निषेधाज्ञामा बाहिर किन निस्केको भन्दै डर, धाक धम्की दिनुका साथै अबैध असुलीमा समेत लागेको सबैठवाका स्थानिय रामशंकर साहले गुनासो गर्नु भयो ।

ईलाका अन्र्तगतका सिमानाकाहरुमा पुगी घुमुवा यादव र न्यौपानेले घरायसी कामको लागि भारतबाट सानोतिनो सामान ल्याउनेहरुबाट खुल्लेयाम पैसा माग्ने गरेको प्रत्यक्ष रुपमै हेर्न सकिने भिस्वाका स्थानिय सुरेस पटेलले बताए ।

ग्रामिण क्षेत्रका वासिन्दाहरुले भारतबाट वा वीरगंजबाट घरायसी सामग्री खरिद गरी ल्याउदा समेत घुमुवाहरुले सामाग्रीको परिमाण हेरी रु. १० देखि पाँच सय सम्म लिने गरेका छन् ।

शान्ति सुरक्षाका लागि प्रहरी जवान यादव र न्यौपानेलाई खटाईए पनि उनिहरुलै पुरै संगठनको नामनै बदनाम हुने गरी कार्य गरिरहदा पनि ईप्रका पोखरियाका प्रमुख प्रहरी निरिक्षकलाई जानकारी हुंदा पनि कुनै किसिमको कारवाही नगर्नुले पनि उनिमाथि पनि शंका उपशंका उब्जिन थालेको अचेल चर्चा हुन थालेको छ ।

सुरेश न्यौपाने यस भन्दा अगाडि जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखामा समेत कार्यत थिए भने यादव संगठनकै उच्च तहका कर्मचारीको आर्शिवाद र राजनीतिक दलको संरक्षण भएकै कारण उनिमाथि कारवाही नहुने गरेको बताईन्छ ।

यस तर्फ पर्सा प्रहरी प्रमुख एवं माथिल्लो निकायका अधिकृतहरुको ध्यान पुग्न जरुरी रहेको स्थानिय समाजसेवी, बुद्धिजिविहरुले आग्रह समेत गरेका छन् ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.