Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १, २०७८ मा प्रकाशित

असिम कामु मगर
लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दैछ। प्रदेश सरकारले पूर्ण बजेट ल्याउने चौथो वर्षमा आईपुग्दा पहिलो पटक अर्थमन्त्रीको रूपमा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले मंगलबार दिउँसो ३ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछन्।

यसअघिका बजेट भने आर्थिक मामिला मन्त्रालय समेत आफैंसँग राखेका कारण मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दै आएका थिए। दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गरिने आगामी वर्षको उक्त बजेट ३८ अर्ब हाराहारी रहेको स्रोतले बताएको छ। चालु आर्थिक वर्षमा ३६ अर्ब ३५ करोड २५ लाख बजेट प्रस्तुत गरेको प्रदेश सरकारले यस वर्ष बजेटको आकार केही बढाएको हो।

प्रदेश सरकारले चालु वर्ष जस्तै आगामी वर्षको बजेट पनि कोभिडको नियन्त्रण, उपचार र कोभिडका कारण रोजगारी गुमाएकाको रोजगारी केन्द्रीत गर्दै नीति तथा कार्यक्रम ल्याएको थियो। हरेक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका लागि बजेट विनियोजन गरिएको छ।

बजेटमा कोभिड नियन्त्रण पूर्वाधार विकास क्षेत्रमा सिर्जना हुने खालका कार्यक्रमलाई प्राथमिकता दिइएको मन्त्री चौधरीले जानकारी दिए । यस वर्षको बजेटमा स्मार्ट कृषि गाउँ कार्यक्रम र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाई निरन्तरता दिँदै गाउँमै कृषिको विकासको लागि माटो परीक्षण गर्ने जस्ता नयाँ कार्यक्रम समावेश गरिएका छन्।

श्रोतका अनुसार सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर ल्याउन लागेको बजेटमा यसअघि सबैभन्दा विवादास्पद र आलोचना हुँदै आएको स्थानीय पुर्वाधार साझेदारी विकास कार्यक्रमको नाममा सांसदलाई दिँईदै आएको सांसद विकास कोषलाई भने यथावत राखेको छ।

कोषको रकम व्यापक दुरूपयोग भएको भन्दै आलोचना भएपछि संघीय सरकारले भने उक्त बजेट आगामी वर्षको लागि खारेज गरेको छ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.