Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राजबिराज सिडिओ कार्यालय परिसरमै मधेशलाइभकर्मी यादवमाथि दुर्व्यवहार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १, २०७८ मा प्रकाशित

राजविराज । सप्तरीमा सिडिओ कार्यालय परिसरमै आज (मंगलावर) सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको छ । कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकिएको सिडिओ कार्यालय परिसर भित्र देखिएको अव्यवस्थित भीडको दृश्य खिच्न खोज्दा मधेशलाइभ अनलाइनका समाचार संयोजक सौरभ यादवमाथि दुर्व्यवहार भएको हो ।

सहायक सिडिओ नाथु साहका छोरा आशिष साहले दृश्य खिच्न नदिने भन्दै परिसरमा पस्नसम्म सञ्चारकर्मी यादवलाई निषेध गरेका छन् । ‘म दृश्य खिच्न खोज्दा साहले खिच्न नदिने भन्दै आक्रोशित नै हुनुभयो, तपाई रोक्ने को हो ? भनेर पनि सोधे तर उहाँले म जो भएपनि दृश्य खिच्न दिन्नँ उहाँले भन्नुभयो’ एपीवान टेलिभिजनका संवाददाता समेत रहेका यादवले भने–‘त्यसपछि भित्र पस्न खोज्दा पनि तिमी जस्ता पत्रकार धेरै देखेको छु भन्दै साहले भित्र पनि पस्न दिनुभएन ।’

सहायक सिडिओ साहले सञ्चारकर्मीलाई दुर्व्यवहार नगरेको आशिषले बताएको प्रतिक्रिया दिए । यद्यपी, आशिष सो खोप केन्द्रमा के कारणले पुगेको विषयमा सहायक सिडिओ साहसँग जवाफ नै छैन् । ‘उसले दुर्व्यवहार गरेको छैन भने कुरा बताइरहेको छ’ सहायक सिडिओ साहले भने–‘त्यहाँ खोप लिन त आशिष पुगेको छैन, तर नजिकै डेरा छ र त्यहाँका प्रहरीसँग चिनजान भएकाले गएको हुनसक्छ ।’

उता, सिडिओ फणिन्द्रमणि पोखरेलले खोप केन्द्रमा प्रवेश गर्न कसैलाई पनि निषेध नगरिएको प्रतिक्रिया दिए । ‘के भएको हो भन्ने विषयमा बुझ्दै छु, बाँकी कुरा उहाँ (सहायक सिडिओ) सँगै बुझ्नुस् । उहाँ पनि जिम्मेवार व्यक्ति हुनुहुन्छ’, उनले भने ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.