Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पर्बत गुल्मी र स्याङ्जाको सिमानामा पर्ने सेतीवेणी बजारक्षेत्रमा डुबानमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १, २०७८ मा प्रकाशित

पर्वत । कालीगण्डकी नदीमा पानीको सतह अत्याधिक बढेपछि पर्वतका नदीतटीय क्षेत्र डुबानको चपेटामा पर्न थालेका छन् ।

सोमबारदेखि निरन्तर परेको वर्षापछि नदीमा आएको बाढीले बिहादी गाउँपालिकामा पर्ने सेतीवेणी बजार डुबानमा परेको हो । गुल्मी, स्याङ्जा र पर्वतको सिमानामा पर्ने सेतीवेणी बजारक्षेत्रमा बिहानैदेखि कालीगण्डकी र स्थानीय सेतीखोलाको सतह बढेसँगै बजारक्षेत्र डुबानमा परेको पर्वत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदिप पौडेलका अनुसार बजार क्षेत्रका घरहरुमा अहिलेसम्म क्षति पुगेको छैन । कालीगण्डकी किनारमा रहेको शालिग्राम शिला र संस्कृत भाषाको पढाइ हुने पाठशाला, मन्दिर, धर्मशाला लगायतका संरचना डुबेका छन् ।

नदीमा पानीको सतह बढ्दो क्रममा रहेकोले बजारक्षेत्रका व्यवसायी तथा सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । ‘हाम्रो टोली सेतीवेणी बजारमै छ । अहिलेसम्म पर्वत क्षेत्रमा खासै क्षति भएको छैन,’ पौडेलले भने, ‘स्याङ्जा खण्डमा केहि घरहरु डुबानमा परेको खबर छ । बजारबासीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।’

देशकै ठूलो कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधका कारण थुनिएको कालीगण्डकीको सतह हरेक वर्षाको समय बजारसम्म आउने गरेको छ । सेतीवेणी क्षेत्र शालिग्राम शिलाका कारण पनि चर्चामा छ ।

कालीगण्डकी र सेतीखोलाले हरेक वर्षा बहाव परिवर्तन गर्दा सेतीवेणी बजारको केही क्षेत्र र कालीगण्डकी शिला कहिले पर्वत त कहिले स्याङ्जा जिल्लातर्फ पर्ने गरेको छ । कहिले कुन कहिले कुन जिल्लामा पर्ने भएकोले पनि डुबानको समस्या समाधान गर्न कुनै जिल्लाले पनि प्रभावकारी कदम नचालेको स्थानीय गोपाल शर्माले गुनासो गरे ।

उनका अनुसार मंगलबार बिहान सबेरैदेखि बजारक्षेत्रमा पानीको सतह पसेको हो । ‘नदीको सतह अहिले पनि बढिरहेको छ,’ उनले भने, ‘साँझसम्म यस्तै हुने हो भने बजारक्षेत्रका धेरै घर खतरामा हुन्छन् ।’ उनका अनुसार बजारका करिब एक दर्जन घर डुबानमा परिसकेका छन् ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.