असिम कामु मगर
पाल्पा । पाल्पा, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने रिडि/रुरु क्षेत्र धाम रिडीमा पानीको सतह बढिरहेको छ ।
कालीगण्डकी नदि र रिडी खोला बढेपछी आफुहरुलाइ समस्या भएको स्थानियले बताउनु भयो।
स्थानियहरुले रातभरिको पानी अझै अर्घाखाँचीबाट आउन बाकी हुदा अहिलै नै यो अबस्था छ त्यो पानी यहाँ आइपुग्दा यहाँको बगर सम्पुर्ण जलमय हुने बताउनु भयो।
यता निरन्तर रुपमा तीब्र गतिमा काम भैइरहेको तिन मुखे पुलको काम समेत सम्पुर्ण रुपमा प्रभावित भएको निर्माण व्यवसायि करण बर्माले बताउनुभएको छ ।

बाढीले गौतम, टेक बहादुर थापा, बसन्त खाम्चाको घर पानीले गर्दा जोखिम हुनुका साथै सामान सार्ने बाध्यता भएको बताउनु भयो । यस्तै केही घन्टा अझै कालीगण्डकी नदिमा पानीको बहाव बढ्ने हो भने लामो चौपारीआसपासमा पनि क्षति हुने रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनु भयो ।

उहाँले पानी अझै बढ्न सक्ने भएकोले होटल व्यवसायी गर्नेहरुलाई बगरबाट टाढै रहन र जाल हानेर माछा मार्न समेत नजान आग्रह गर्नुका साथै आफ्नो वडा भित्र कुनै पनि सडक घर बस्ति तथा सामाजिक सम्पदामा क्षति भएमा आफुलाइ तत्काल नै खबर गर्न आग्रह समेत गरेको बताउनु भयो ।















