Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पैसाको लागि नैतिकता बिक्रीमा : प्रधानाध्यापकको विरुद्दमा सहायक प्रधानाध्यापक प्रहरी चौकीमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १, २०७८ मा प्रकाशित
काठमाडौ । पैसाको लागि मान्छे कतिसम्म तल झर्न सक्छ भन्ने अनुमान लगाउन गाह्रो छ। हामीलाई लाग्न सक्छ पिछडिएको समाज र शिक्षाबाट बन्चित व्यक्तिहरु त्यस्तो मामिलामा अलि अघि सर्लान।

अझ पढेको र शहरी समुदायका व्यक्तिहरु लिने भन्दा अरुलाई सहयोग गर्ने तर्फ केन्द्रित हुन्छ भन्ने लाग्न सक्छ। शिक्षा जस्तो पवित्र क्षेत्रमा नैतिकता र अनुशासन पढाउने शिक्षक नै पैसाको लागि कतिसम्म गिर्छ भन्ने कुराले धेरैलाई दु:ख लाग्न सक्छ। तर बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित बालउद्दार माध्यमिक विधालयका सहायक प्रधानाध्यापक राजनप्रसाद रेग्मी भने यसको अपवाद हुन्।

विधालयका शिक्षक वा विधार्थीहरुलाई समस्या परेमा सहायक प्रधानाध्यापकले अभिभावकत्व लिई प्रधानाध्यापक वा विधालय व्यवस्थापन समितिमा छलफलको लागि पहल गर्नुपर्नेमा त्यसो नगरी सामान्य विषयलाई नगरपालिकाको शिक्षा शाखा, जिल्ला शिक्षा समन्वय समितिमा पुर्याएर त्यहाँबाट पार लगाउन नसकेपछि महानगरीय प्रहरी परिसर टेकु हुँदै फेरि विधालय नजिकको प्रहरी चौकीमा आईपुगेका छन्।

राजनप्रसाद रेग्मी तिनै कनिष्ट शिक्षक हुन्, जसलाई विधालयका प्रधानाध्यापक विनोद पण्डितले विधालयमा उनीभन्दा माथिल्लो तहका ७ जना शिक्षक हुँदा-हुँदै सहायक प्रधानाध्यापकमा जिम्मेवारी दिन व्यवस्थापन समिति मार्फत निर्णय गराएका थिए। जिम्मेवारी प्राप्ति पछि विधालयको हित, प्रशासनिक सुधार भन्दा पनि निजि फाईदाको लागि काम गरिरहेको रेग्मीको कर्तुत २५,००० को लागि प्रहरी कार्यालयमा प्रधानाध्यापकको विरुद्दमा उजुरी दिएपछि उदाङ्गो भएको एक शिक्षकले बताए।

प्रहरीमा उजुरी नै दिनुपर्ने विषय के हो त ?

कोभिड-१९ को पहिलो लहरपछि विधालयका शिक्षकहरुलाई नेपाल सरकारले नि:शुल्क विमा गराएको थियो। बिमाको लागि विधालयका शिक्षकहरुको फारम भरे। प्रधानाध्यापकलाई बुझाए। प्रधानाध्यापकले फारम सहित नगरपालिकाको शिक्षा शाखाबाट सिफारिस लिए र सिफारिस सहित आई एम ई जेनेरल ईन्सुरेन्सका प्रतिनिधिलाई नगरपालिका मै फारम जिम्मा लगाईदिए। प्रतिनिधिले फारम बुझें तर सिस्टममा हाल्न बिर्से। पछि एकजना शिक्षकलाई कोभिड लाग्यो उनले पाउनुपर्ने रकम २५,००० व्यक्तिगत तवरबाट शिक्षकलाई बुझाए। त्यो समयमा कोभिड नियन्त्रणतर्फ गएको थियो। बिमाको पोलिसी नम्बर लिनेतर्फ प्रधानाध्यापक वा अन्य कुनै शिक्षकहरुले चासो देखाएनन्। दोश्रो लहर आयो, शिक्षकहरु संक्रमित भए। पोलिसी नम्बर छैन। सोधीखोजी गर्दा सिस्टममा नभएको थाहा भयो। अहिले आफूलाई बौद्धिक भन्ने शिक्षकहरु पोलिसी नम्बरको लागि प्रधानाध्यापकले जिम्मेवारी लिनुपर्छ भन्दै प्रहरीमा छन्। त्यतिमात्रमा शिक्षकहरुको आक्रोश शान्त छैन, यो नीतिगत निर्णय नभएपनि विधालयका सबै कामहरुको जिम्मा विधालय व्यवस्थापन समितिका अध्यक्षले लिनुपर्छ भन्ने तर्क गर्न थालेका छन्।

को हुन् पैसाको लागि सति जाने राजन रेग्मी ?
काभ्रेमा जन्मिएका राजन रेग्मी १५ वर्ष भन्दा लामो समयदेखि बाल उद्दारमा अध्यापन गराईरहेका छन्। वर्तमान व्यवस्थापन समिति आउनुभन्दा अघि विधालयमा ३ जना सहायक प्रधानाध्यापक थिए।

व्यवस्थापन समितिको पहिलो बैठकले ३ सहायक प्रधानाध्यापक खारेजी गर्यो। विधालयका प्रधानाध्यापक विनोद पण्डितले आफू अनुकुलको भन्दै एमाले कोटाबाट सहायक प्रधानाध्यापक भएका राजन प्रसाद रेग्मीलाई २ महिनापछि पु:न नियुक्ति गराए। त्यसमा विधालय व्यवस्थापन समितिका अध्यक्षले समेतले रेग्मीलाई सहायक प्रधानाध्यापक बनाउन स्थानीय जनप्रतिनिधि र राजनीतिक दलहरुको दबाबलाई वेवास्ता गरेका थिए।

विधालय नजिकै घर भएका रेग्मी लगायत अरु ५ शिक्षकहरुलाई विधालयमा शैक्षिक सुधारको लागि भन्दै विधालय मै खाना-खाजाको व्यवस्था गर्यो। विधालयमै रहेर काम गर्नुपर्ने, घरमा जान नपाउने भनेर दिएको रकमको दुरुपयोग गर्दै घरमा खाना खाएर सो वापतको भनी मासिक पाँच हजार बुझेपछि व्यवस्थापन समितिका अध्यक्षले रोके। यो विषय पछि नगर प्रमुखसम्म पुगेको श्रोतले बतायो। कोभिडको पहिलो लहरपछि विधालय २ सिफ्टमा संचालन हुँदा आधारभूत तह (१ देखि ८ सम्म) दिउँसो र माध्यमिक तह (९ देखि १२ सम्म) बिहान पढाई हुने गरेको थियो।

विधालयका सबै शिक्षकहरुले प्रतिदिन ४ पिरियड पढाउनु पर्ने र सो वापतको शुल्क नेपाल सरकारले तोके बमोजिमको हुने ४ भन्दा बढी पिरियड पढाउनु पर्ने भएमा आवश्यकता हेरी प्रति पिरियड वापत पैसा पाउने सहमति थियो। तर आधारभूत तहको दरबन्दी रहेका रेग्मी बिगतदेखि माध्यमिक दरबन्दीमा रहँदै पढाउने गरेका छन्। विगतमा मावि र उच्च मावि हुँदा उच्च माविमा पढाए वापत प्रति पिरियड पैसा लिन पाउने व्यवस्था थियो तर रेग्मी आधारभूत तहमा पढाउँदैनन्, आधारभूत तहको सरकारी पैसा नपढाई खान्छन।

विधालय व्यवस्थापन समितिमा आफ्नी श्रीमति ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रेग्मी श्रीमतीको आडमा नपढाई पैसा बुझिरहेको श्रोतले बताएको छ। श्रोतका अनुसार लकडाउनको अवधि मै रेग्मीले प्रति पिरियडको ३२५ का दरले प्रति महिना ९८ पिरियड सम्मको अतिरिक्त पैसा बुझेका छन्। माध्यमिक दरबन्दी भएका अन्य शिक्षकहरु दैनिक ५ पिरियडसम्म पढाउँछन् तर १ रुपैयाँ समेत अतिरिक्त पैसा पाउँदैनन्। तर रेग्मी यसको अपवाद हुन्। उनी माध्यमिक तहको पैसा पढाएर बुझ्छन् तर आधारभूत तहमा एक पिरियड पनि नपढ़ाई सबै पैसा लिन्छन्।

यस बारेमा बुझ्न खोज्दा विधालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले विधालयमा त्यस्तो भएको जानकारी आफूलाई नभएको र त्यसरी अनियमित ढंगले रकम बुझेको पाईएमा बुझेको पैसा विधालयको खातामा दाखिल गराउने बताए। तर श्रोत अनुसार रेग्मी स्थानीय नेकपा एमाले समर्थक हुन्। उनकै पार्टीका व्यक्ति वडा र नगरपालिकामा छन्। व्यवस्थापन समितिमा रेग्मी परिवालाई सहयोग गर्ने बहुमत सदस्यहरु छन्। त्यसैले अध्यक्षले चाहेर पनि पैसा फिर्ता गराउन नसक्ने अवस्था रहेको श्रोतले बतायो।

अहिले तिनै राजन रेग्मी विधालयको आन्तरिक मामिलालाई विधालय प्रशासन, व्यवस्थापन समिति वा नरगपालीकाकाे शिक्षा शाखावाट समाधान गर्न पहल गर्नुपर्नेमा बिध्यालयका प्रधानाध्यापक समेतलाई बिपक्ष बनाई २५ हजारकाेलागी प्रहरीमा लिखित निवेदन दिएपछी कपन भरी पैसाकाे लागि नैतिकता बिक्रि गर्ने बिध्यालयका सहायक प्रधानाध्यापक भन्ने हल्ला चल्न थालेकाे बुझिएकाे छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.