Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

यशोधरा गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

धनी राम कोरी
कपिलवस्तु । नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न कपिलवस्तु को यशोधरा गाउँपालिका ४ अम्लोनहामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र र यशोधरा गाउँपालिकाको सहयोगमा मंगलवार देखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो । हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्त्वबारे बुझाउनसमेत केन्द्रको महत्त्वपूर्ण भूमिका रहने कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. प्रबेश श्रीवास्तवले बताउनु भयो।

यशोधरा गाउँपालिका–४ मा स्थापना गरिएको केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गर्ने प्रमुख श्रीवास्तवको भनाइ छ ।“सैद्धान्तिक हिसाबले आयुर्वेद चिकित्साका प्रमुख दुई उद्देश्य रहेका छन्” प्रमुख श्रीवास्तवले भन्नू भयो “स्वस्थ व्यक्तिको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्नु नै आयुर्वेदको प्रमुख उद्देश्य हुन् ।”

परापूर्वकालदेखि आयुर्वेद चिकित्सा अपनाउँदै आएको भए पनि पछिल्लो समय यो चिकित्सा पद्धति आझेलमा परेको भन्दै प्रमुख श्रीवास्तवले आयुर्वेद चिकित्सा पद्धतिसँग हाम्रो जीवन जोडिएको बताउनु भयो । आयुर्वेदलाई धेरैले उपचार पद्धतिका रुपमा स्वीकार गर्न अनकनाइरहेका अवस्थामा एलोपेथिक उपचारपछि ठीक नभएका कतिपय बिरामी आयुर्वेदमा पुगेपछि निको हुने गरेका उहाले बताउनु भयो ।

पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ को महामारीका क्रममा २७ सय जना बढीले आयुर्वेद औषधीको सेवन गरि यसको महत्त्व बुझेका प्रमुख श्रीवास्तवको भनाइ छ । आयुर्वेद चिकित्सा पद्धतिलाई हाम्रो जीवनसँग जोड्दै लैजानसके दीर्घ रोगबाट छुट्कारा पाउन सकिने उहाले बताउनु भएको छ । जिल्लाका हरेक स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापनाका लागि काम थालिएको छ ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष गृजेश पाण्डेयले पौराणिककाल देखि नै आयुर्वेद चिकित्साको सबै ब्यव्स्थापन हुँदै आएको र पूर्वीय सभ्यतामा आयुर्वेद विषयवस्तुबारे पहिलेदेखि वर्णन गरिएको बताउनुभयो । स्वस्थ रहनका लागि र रोगी अवस्थामा पनि निरोगी हुने उपायबारे हाम्रो पूर्वीय दर्शनमा उल्लेख गरिएको पाण्डेयले बताएका छन ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.