Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बर्षाका कारण पाल्पामा सिद्धार्थ राजमार्ग संगै ग्रामिण सडक अबरुद्ध

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

असिम कामु मगर
पाल्पा । अविरल वर्षासँगै पाल्पाका विभिन्न स्थानमा सडकहरु अबरुद्ध भएका छन् । पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्ग, तानसेन तम्घास सडक खण्ड, आर्यभन्ज्यांग रामपुर सडक खण्ड, तानसेन रानीमहल सडक खण्ड लगायतका सडकहरु पहिरोको कारण अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तीनदिन देखि परेको वर्षातका कारण समेत सडक खुलाउनको लागि समस्या भइरहेको प्रहरीले जनाएको छ । डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिबु खत्रीका अनुसार सिद्धार्थ राजमार्गको गौडेपुल, पानीमिल, सिद्धबाबा लगायतका क्षेत्रमा लगातार पहिरो झरिरहेको छ ।

सडक डिभिजन बुटवल र पाल्पाको समन्वयमा सडक खुलाउने प्रयास जारी रहेको छ ।

घरबाट यात्रा नगर्न प्रशासनको आग्रह
पाल्पाका सबै जसो ग्रामिण सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन् । जिल्लाका विभिन्न गाउँ गाउँसम्म पुग्ने ग्रामीण सडकहरु माथिबाट झरेको पहिरो, ढुंगाका कारण अवरुद्ध भएका हुन् ।

स्थानीय तह, प्रहरी, सडक डिभिजन, सेना, शसस्त्र लगायतको समन्वयमा सडक खुलाउने प्रयास भने जारी रहेको प्रहरीको भनाई छ ।

वर्षातसुरु भएको र अधिकांश स्थानमा पहिरो झर्ने भएकाले सकेसम्म घरबाट यात्रा नगर्न र यात्रा गर्नुपरेमा प्रहरीलाई बुझेर मात्रै यात्रा गर्न सर्व साधारणलाई पाल्पा प्रशासन र प्रहरीले आग्रह समेत गरेको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.